ताजा अपडेट »

कोरोनाविरुद्ध अंग्रपक्तिका योद्धालाई प्रोत्साहन गरौं

बुधबार, २९ बैशाख २०७८, २२ : १३
12 Shares


पृथ्वीमा जुनसुकै महामारी होस् या संकट मानवजातीलाई त्यसले प्रतक्ष्य असर गर्दछ । मानवीय जीवनमा धेरै उतार–चढावहरु आउँदछन् । ती उतार–चढावमा एक मानवले अर्को मानवलाई सहयोग र साथ दिनु नै मानवीय कर्तव्य र धर्म हो । तर, महामारी यस्तो अवस्था हो जहाँ अधिकांश मानवलाई संकट पर्दछ विडम्बना सहयोगको कमी हुन्छ । सबैलाई आफ्नो प्राण प्यारो र महत्वपूर्ण हुन्छ । त्यस संकटमा आफ्नो प्राण र ज्यानको भन्दा पनि अरुको प्राण र ज्यान रक्षाका लागि अगाडि बढ्ने, जोखिम मोल्ने सहयोग गर्नेहरु भने केही मात्रै हुन्छन् । कुनै पेशा , कर्म आफ्ना लागि भन्दा पनि अरुको सेवामा समर्पित हुन्छन् ।

त्यस्तै सेवामा समर्पित हुन् डाक्टर,नर्स,प्रहरी,सेना लगाएतका सुरक्षाकर्मी र सञ्चारकर्मी । त्यो त धेरै सेवामूलक पेशा र क्षेत्रहरु छन् । तर,विशेषगरी अत्यावश्वक सेवा अन्तर्गत पर्ने स्वास्थ्य , सुरक्षा र सूचनाका क्षेत्रमा काम गर्ने यी पेशाकर्मीहरु अग्रपंत्तिमा पर्दछन् । समाज र राज्यका हरेक संकटमा अगाडि देखिने यी पेशाकर्मीहरु विगत एक वर्षदेखि विश्व महामारी मानिएको कोरोना भाइरस,कोभिड–१९ विरुद्धको अभियानमा पनि अग्रपंक्तिमा रहेर लडिरहेका छन् । सन् २०१९ को अन्त्यतर्फ चीनबाट विश्वव्यापी हुँदै नेपालपनि भित्रिएको निकै खतरनाक भाइरस कोभिड–१९को सुरुवातमा अत्यन्तै भए थियो । अझै विशेषगरी यसबाट बच्न दूरी कायम गर्नुपर्ने अवस्थामा नजिक भएर सेवा प्रदान गर्नुपर्ने अग्रपंक्तिमा सेवकको लागि निकै जोखिम र चूनौतीपूर्ण अवस्था थियो ।

संक्रमणबाट बच्न र संक्रमितबाट बच्न कम्तीमा दुई मिटर दूरी कायम गर्नुपर्ने अवस्थामा तीनै संक्रमितसँग नजिक भएर उपचार गर्ने डाक्टर र नर्स लगाएतका स्वास्थ्यकर्मीहरुको कर्म र भूमिका मानवीय सेवा मात्रै होइन । जोखिम हो,उनीहरुको बलिदानी त्याग हो । गत वर्ष यही समयमा कोरोनाको संक्रमण सुरु भएको थियो । देशमै केहीमा संक्रमण हुँदा निकै डर,त्रास,फैलियो केही अफवाह फैलिए । त्यो अफवाह,डरको भयावह स्थितिमा पनि बिरामीको उपचार र सेवामा लागेका स्वास्थ्यकर्मीहरु अझैपनि निरन्तर लागेका छन् । अहिले झन् संक्रमित र मृत्युदर बढ्दो छ । उपचार मात्रै होइन , बेड र अक्सिजन नपाएर कैंयौं बिरामी तथा संक्रमितको ज्यान गएको छ । यस्तो अवस्थामा पनि आफ्नो पेशा र जिम्मेवारीमा तल्लिन भएर खटिरहने ती स्वास्थ्यकर्मीप्रति विभिन्न दु्रव्यवहार भए जुन निकै अमानवीय हुन् ।

स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा काम गर्ने भएकै कारण गत वर्ष कैंयौं स्वास्थ्यकर्मी समाजमा अपहेलित भए। भाडमा बसेकाहरुलाई निकालियो । टोल छिमेकमा पनि कोरोना संक्रमण हुने भन्दै उनीहरुलाई उपेक्षा गरियो । उनीहरुलाई उपचार गरी निको बनाउने भन्दा पनि कोरोना सार्ने माध्यमका रुपमा गलत परिभाषित गरियो । कति घरबाटै , आफ्नैबाट त कति समाजबाटै प्रताडित भए । यद्यपी उनीहरु आफ्नो पेशा,कर्म र लगावसँगै जिम्मेवारीबाट पछि हटेनन् । यस दौरान कैंयौं संक्रमित भए, केहीले ज्यानपनि गुमाए । केही लामो समयसम्म परिवारबाट टाढा भए । बिरामीको सेवा गर्नु उनीहरुको पेशा,काम र जिम्मेवारी हो । तर,यति नै भनेर उनीहरुको सेवा र योग्दानलाई सामान्य रुपमा लिनु भने सेवाप्रतिको अबमूल्यन हुन जान्छ ।

त्यस्तै शान्ति र सुरक्षाका लागि अहोरात्र खट्ने नेपाल,प्रहरी,सेना लगाएतको भूमिका पनि प्रशंसनिय छ । कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको उनीहरुको प्रयास र सफलता उदाहरणीय छ । संक्रमणसँगै संकटमा शान्तिसँगै संक्रमण नहुन सुरक्षा दिन र संक्रमित भई मृत्यु भएकाको शव व्यवस्थापनमा खटिने उनीहरु पनि अग्रपंत्तिका सेवका मानिन्छन् । सरकारले गत वर्षको चैत ११ गतेदेखि लकडाउन लागू गरेदेखि त्यसलाई कार्यान्वयन गर्न सुरक्षाकर्मीको भूमिका र योग्दान महत्वपूर्ण छ । त्यस्तै संक्रमितका लागि क्वारेन्टाइन,आइसोलेन निर्माण र मृत्यु भएकाको शव व्यवस्थापन गर्न उनीहरु निरन्तर लागे जुन अहिलेपनि चलेको छ । हाल झनै संक्रमण बढेको र निषेद्याज्ञा जारी रहेको अवस्थामा सुरक्षाकर्मीको काम,दायित्व र जिम्मेवारी बढेको छ । आफूलाई पनि संक्रमण हुनसक्ने,संक्रमित भई ज्यान जान सक्ने अवस्थामा पनि नागरिकको स्वास्थ्य र जीवनका लागि अगाडि सरेर ड्यूटीसँगै दायित्व निर्वाह गर्ने सुरक्षाकर्मीहरुको भूमिकालाई नजर अन्दाज गर्नुहुँदैन ।

प्राकृतिक विपद् होस्,महामारी वा संकटमा अग्रपंत्तिमा रहने सञ्चारकर्मी पनि हुन् । जनतालाई सूचित,सचेत र जानकार गराउने पेशाकर्मी,सञ्चारकर्मीहरु पनि कोभिड महामारीमा अंग्रपक्ति रहेर खटेका छन् । संक्रमण सम्बन्धी सचेत गराउने, सरकारकार गतिविधि र सन्देशलाई जनता समक्ष पुयार्उने मात्रै नभई क्वारेन्टाइन,आइसोलेशन,अस्पतालमै पुगेर त्यहाँका अवस्था बारे रिपोर्टिङ गर्ने कार्यमा लागेका कैयौं सञ्चारकर्मी संक्रमित भएका छन् ।कतिले ज्यान गुमाएका छन् । कति अझै जुधिरहेका छन् । तर,पनि देशभरका सयौं,हजारौं पत्रकार कोभिड विरुद्धको अभियानमा लागि रहेका छन् । यस दौरान कतिले रोजगार गुमाएका छन् । कतिले महिनौंको पारिश्रमिक पाएका छैनन् । तर,पनि संक्रमण,संकटमा नागरिकलाई सूचित गर्न , सरकार लगाएत सरोकारवालालाई खबरदारी गर्न सञ्चारकर्मी निरन्तर लागि रहेका छन् ।

यसरी संक्रमणमा पनि आफ्नो र परिवारको ज्यानको वेवास्ता गर्दै आफ्नो दायित्व निर्वाह गर्ने स्वास्थ्य,सुरक्षाकर्मी र सञ्चारकर्मीहरुहरुलाई उनीहरुको कर्मको आधारमा प्रोत्साहन गर्नु पर्दछ । केही स्वास्थ्यकर्मी,सुरक्षाकर्मी सञ्चारकर्मीबाट भएका कमीकमजोरी र गल्तीहरुलाई लिई पेशागत समग्रप्रति आरोपर आक्रोश व्यक्त गर्नु पेशा र नागरिकप्रतिको नै अपमान हो । यी सदैव अग्रपक्तिमा रहेर काम गर्ने पेशाकर्मी बाहेक पनि संक्रमणमा दुग्ध,तरकारी,खाद्यान्न जस्ता अत्यावश्यक सामग्री उपलब्ध गराउने किसान,व्यवसायी,संघसंस्थाका प्रतिनिधि ,समाजसेवी लगाएत धेरे जना अग्रपक्तिमा काम गरिरहेका छन् । त्यस्ता पेशाकर्मी,स्वयम्सेवीहरुलाई नागरिकले मात्रै होइन राज्यले पनि सम्मान र प्रोत्साहन गर्नुपर्दछ । ताकि किसानले उत्पादनको मूल्य नपाएको,तरकारी फ्याँकेको,स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको,सुरक्षाकर्मीको तलब काटिएको र सञ्चारकर्मी जागिरविहिन भएको र पारिश्रमिक नपाएको जस्ता दुःखद खबर सुन्न नपरोस् ।

https://www.globalaawaj.com/archives/105350
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।