१० मंसिर २०७९, शनिबार

Nov 26, 2022

करिब–करिब नियन्त्रणमा आएको वा खोपबाट बच्न सकिने मानिएको कोरोनाको नयाँ भेरियण्टले अहिले नेपालमा संक्रमण र संकट निम्तिएको छ । सन् २०१९ मा चाइनाबाट सुरु भएको कोभिड–१९,कोरोना भाइरसको नयाँ भेरियण्टको बढ्दो संक्रमण र मृत्युले नेपालमा महामारीकै रुप लिएको छ । छिमेकी राष्ट्र भारतमा लाखौं,संक्रमित र हजारौंले ज्यान गुमाइ रहँदा त्यसको असर नेपालमा पनि देखियो । गत वर्षको अन्त्यसँगै यस वर्षको सुरुवातमा नेपालमा देखिएको नयाँ भेरियण्टको संक्रमणले तिव्र रुप लिएको छ । दिनानुदिन संक्रमितको संख्या बढ्दैजाँदा अस्पतालमा बेड,आइसोलेशन र अक्सिजनको अभाव देखिएको छ । अस्पतालका बेड,आइसोलेसन,अक्सिजन नपाएर नै ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ ।

Advertisement

तीन करोड जनसंख्या भएको देशमा केही हजार संक्रमित हुँदापनि अस्पतालको बेड नपाउनु,आइसोलेशनको प्रबन्ध नहुनु र अत्यावश्यक अक्सिजनको कमी हुनु कोरोना भाइरस र यसको संक्रमण भन्दा पनि ठूलो विडम्बना र दुःखद हो । हाल शुक्रबार साँझसम्म नेपालमा करिब ३ लाख ८० हजार संक्रमित भएका छन् । दिनानुदिन संक्रमित दर बढ्दो छ । शुक्रबारनै हालसम्मकै उच्च ९ हजार भन्दा बढी संक्रमित थपिएका छन् । पछिल्ला केही दिनहरुमा दैनिक ९ हजार थपिने क्रम जारी छ । त्यस्तै निको हुनेको संख्या पनि छ । हालसम्म २ लाख ८० हजार जति निको भएका छन् । दैनिक निको हुनेको संख्यापनि ३ हजार हाराहारी छ । उता मृत्यु हुनेको संख्यापनि हजारौं छ । हालसम्म करिब ४ हजारले ज्यान गुमाएका छन् भने केही दिन यता दैनिक ५० को सेरोफेरोमा मृत्यु भएको छ ।

जिवाणुको महामारीमा उपचारबिना नै मुत्यु हुने अवस्था आउनु २१औं शाताब्दीमा वैज्ञानिक चूनौती पनि हो । तर,विश्वब्यापी महामारी भएकाले चीन (पहिले), ब्राजिल,अमेरिका,भारत जस्ता देशहरुमा पनि उपचारबिना वा उपचारक अभावमै धेरैले ज्यान गुमाएका छन् । रोगको औषधि वा खोप नहुनु वा सोही अनुसारको उपचार नहुनु नयाँ भाइरस र आपतकालिन अवस्था हो । त्यस्तै सो बारे पूर्व जानकारी र तयारी नहुनु पनि हो । तर, सामान्य,प्राथमिक उपचार नपाउनुलाई सामान्य मान्न सकिन्छ ? तर, अहिले मुलुकमा केही हजार संक्रमित हुँदा वा सामान्य बिरामी हुँदा पनि उपचार नपाएको अवस्था छ । संक्रमित भएर छटपटिँदा अस्पतालका बेड,अक्सिजन नपाएको अवस्था छ । हामीले हामीलाई पर्नुभन्दा अन्य देशमा देखेका हौं । गत वर्ष यस्तै समयमा चीन,ब्राजिल,अमेरिका जस्ता देशमा पनि मानिस उपचार नपाएर छटपटाएको देखेका हौं । हामी त्यो अवस्था कल्पना पनि गर्न सकेका थिएनौं ।

आज प्रतक्ष्य हाम्रै देशमा त्यो भयावह स्थिति छ । देशका विभिन्न स्थानमा,टोल छर–छिमेकका मात्रै होइन । आफ्नै घरका सदस्य ज्वरो आएर छटपटाउँदा पनि अस्पतालको कल्पना गर्न नसक्ने अवस्थामा छौं । संक्रमित भएर अस्पताल जान एम्बुलेन्स पाउनु पनि गार्हो छ । एम्बुलेन्स पाएपनि अस्पताल भित्र पस्नु ठूलो युद्ध जित्नु छ । कतिपयले गेटमै ज्यान गुमाएका छन् । कतिपयको अस्पतालनै पस्न नपाई एम्बुलेन्स भित्रै मृत्यु भएको छ । अस्पताल भित्र उपचाररत बिरामी पनि अक्सिजन नपाएर प्राण गुमाउने भयावह स्थिति छ । कोरोनाको नयाँ भेरियण्टको संक्रमणले मात्रै होइन सामान्य रोग र उपचारको अभावले पनि ज्यान गुमाउने विडम्बना छ । यसबाट हामी क्रसित,शसंकित त छौं नै । संक्रमण र संकटको यो अवस्थामा हामी भाइरस र रोगले भन्दा पनि हाम्रो स्वास्थ्य प्रणाली र संरचनाको अभावले ग्रसित भएका छौं।

‘समृद्ध नेपाल,सुखी नेपाली’को नाराले गति लिएको पनि तीन वर्ष हुँदा हामी आधारभुत स्वास्थ्य सेवामा पनि निकै कमजोर रहेछौं । नारामा र भाषणमा मात्रै होइन भौतिक रुपमा ठडिएका केही निजी ठूला अस्पताल देखेर नै हामीले स्वास्थ्य पूर्वाधारको महशुस गर्यौ । राज्य,नेतृत्व र स्वास्थ्य सरोकारवालाले यस सम्बन्धमा भावी सोँच र दिगो विकासका बारे तयारी नगरेको देखिन्छ । भनिन्छ, संकटमा आफ्नो र महामारीमा राज्यको हैसियत पहिचान हुन्छ । हो, हाम्रो राज्यको स्वास्थ्य संरचना,प्रणाली र तयारीको अवस्था कोरोनाले उदाङ्गिएको छ । त्यसैगरी राज्य सञ्चालक,जनताका प्रतिनिधिको दक्षता,क्षमता र उत्तदायित्वका विषयमा पनि परीक्षण भएको छ । खरबौं वर्षेनी खरबौं बजेट ल्याउने, अरबौंका योजना बनाउने ,स्वास्थ्यका ठूला योजनामा करोडौं र सामान्य स्वास्थ्य चौकीमा पनि लाखौं बजेट छुट्टाइने राज्यलाई हामी गरिब राष्ट्र भनेर नपुगेको भन्न पनि सक्दैनौं ।

परापूर्वकालका राजाहरुले आफ्नो राज्यमा भविष्यमा आउन सक्ने संकट र महामारीको आंकलन गर्थे। सोबाट आफ्ना नागरिकलाई बचाउन पूर्व तयारी गर्थे । तर, २१औं शाताब्दीका शासकमा त्यतिपनि सचेतना रहेन छ । यो समय राज्य,नेतृत्वको कमीकमजोरी औल्याउँने र विरोध गर्ने होइन । तर,पनि उनीहरुले आफ्नो विगत र कार्यान्वयनलाई हेरेर आत्मरति गर्नु पर्दछ । कोरोनाको पहिलो लहरमा तयारी गर्न सकिएन । तर, समय थियो । त्योबेला स्वास्थ्य सामग्री लयाउँदा नै स्वास्थ्यमा हुने लुटको झलक देखियो । त्यस्तै पछि खोपमा भएको कमिशन र बिबादले थप स्पष्ट पारेको छ । यदि नेतृत्व,प्रतिपक्ष,अन्य राजनीतिक दल,सरोकारवाला जिम्मेवार हुन्थे भने दोस्रो लहरको तयारी व्यवस्थित हुन सक्थ्यो तर, भएन । यो लापरबाही र जनताप्रति उनीहरुको खेलवाड र गैरजिम्मेवारी हो ।

अहिलेको अवस्था भन्दा पहिला भारतबाट पाठ सिकेर । तयारी , तदरुकता देखाएर अक्सिजनको व्यवस्था समयमा नै हुुन सक्थ्यो । त्यस्तै आइसोलेसन,एम्बुलेन्स लगाएतका व्यवस्थापन पनि हुन सक्थ्यो । तर, राजनीतिक खिचातानी,सत्ता समिकरण,विरोध लगाएतका गतिविधिमा केन्द्रीय सरकार र प्रदेश सरकार व्यवस्त रहे छन् । यता पहिला सक्रिय र प्रभावकारी भूमिका निर्वाह गरेका स्थानीय तह पनि यसपाली समयमा जागेनन् । त्यसैगरी स्वास्थ्य क्षेत्रका विज्ञ,सरोकारवालाले पनि समयमा चेत खाएनन् । यद्यपी ढिला भएको हो, समयनै सकिएको छैन । पहिला जे–जस्तो भएपनि यो संकटमा ती सबै लगाएत सबै नागरिक जागरुक बनेर यो संक्रमण र संकट जित्नु नै आजको आवश्यकता हो ।

प्रतिकृया दिनुहोस्

Flash News

कान्ति माध्यमिक विद्यालयमा स्वागत कार्यक्रम तिलोत्तमामा मंसिर १५ देखि औद्योगिक व्यापार मेला, २५ करोड बढी आर्थिक कारोबरको लक्ष्य रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार गण्डकीमा सांसदः १५ जना ५० वर्ष मुनिका, ८ जनाले ६० नाघे पाका चिन्तामणी बाको जीत द्वन्द्वकालको पीडामा न्याय भानुभक्त ढकाललाई हराए सुनिल शर्माले, रेखा थापा तेस्रो पाँच वर्ष अघि ३६ सिट जितेको माओवादी १८ सिटमा सीमित, सुदूरपश्चिममा निल कांग्रेस नेता अजुर्ननरसिंह केसी नुवाकोटबाट निर्वाचित आवासीय भवनमा आगलागी, १० जनाको मृत्यु रुपन्देही-३ मा ८४ हजार ७४ मत गणना, दिपक बोहोराको अग्रता कायमै तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही-२ बाट निर्वाचित रुपन्देही-२ मा विष्णु पौडेलको अग्रता कायमै, ३ हजार ९१६ मत गन्न बाँकी जन्ती बोकेको जिप दुर्घटना आवश्यक परे गठबन्धन गर्ने रवि लामिछानेको भनाइ रुपन्देही-२ मा विहानदेखि अवरुद्ध मतगणना सुरू आगामि सरकारका आर्थिक चुनौती जेलमै बसेर रेशमले जिताइदिए बुवा र श्रीमतीलाई देउवा क्याविनेटका १२ मन्त्री : कसले जिते, कसले हारे ? समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, कुन दलको मत कति ?