११ मंसिर २०७९, आईतवार

Nov 27, 2022

नेपालमा २४० वर्षिय एकात्मक राजतन्त्रको अन्त्य गरी लोकतन्त्रको स्थापना भएको १४ वर्ष पूरा भएको छ । शनिबार लोकतन्त्र १५औं वर्षमा प्रवेश गर्दैछ । शासन व्यवस्थाको सुन्दर र स्वतन्त्र मानिने ‘लोकतान्त्रिक प्रणाली’का लागि स्थापित लोकतन्त्रको स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । त्यसो त लोकतन्त्र नेपालका लागि नयाँ शब्द होइन । यस अघिनै वि.सं.२००७ सालमा प्रजातन्त्रको स्थापना भएको थियो । तत्कालिन १०४ वर्षिय जहाँनिया राणाशासनको अन्त्य गरी मुलुकमा प्रजातन्त्रको स्थापना भएको थियो । प्रजातन्त्र र लोकतन्त्रमा खासै भिन्नता छैन । प्रजातन्त्र,पञ्चायत,बहुदलीय राजतन्त्र हुँदै ०६२/६३ को आन्दोलनबाट प्राप्त लोकतन्त्रका १४ वर्ष पूरा हुँदा यसको उपलब्धी र प्रभावकारिता माथि भने पूर्ण विश्वसनियता देखिएको छैन । शासन प्रणालीमा उत्तम मानिने लोकतन्त्रले मुलुक र जनतामा कस्तो परिवर्तन ल्यायो ? यस विषयमा विभिन्न तर्क होलान् तर, आम जनतालाई लोकतन्त्रले उल्लेख्य प्रभाव नपारेको गुनासोलाई गलत मान्न सँकिदैन ।

Advertisement

प्रख्यात दार्शनिक विन्सटन चर्चिलको भनाइमा लोकतन्त्र ‘सरकारको सबैभन्दा खराब स्वरूप हो, तर समय–समयमा परीक्षण भएका अन्य सबै स्वरूपभन्दा यो उत्तम व्यवस्था हो ।’लोकतन्त्र अव्यवस्थित खेल हो भन्ने उनको मान्यता थियो । तर सबै जनाले नियम पालना गरी खेलेमा लोकतन्त्र धरतीकै उत्कृष्ट खेल हो, जसले शान्ति, विकास र स्थायित्वलाई स्थापित गर्ने सम्भावना बोकेको हुन्छ । उनको तर्क अनुसार सबैले नियम अनुसार भूमिका खेले मात्रै शान्ति,विकास र स्थायित्व स्थापना हुन्छ । हो,नेपालमा नभएकै शान्ति,विकास र राजनीतिक स्थिरता हो ।

लोकतान्त्रिक प्रणालीमा मुलुक अगाडि बढिरहँदा अझैपनि मुलुकमा शान्ति स्थापित छैन । यसो भनिरहँदा सबै क्रान्तिकारी, आन्दोलनकारी समूह राजनीतिक धारमा आए भन्ने तर्क पनि हुनसक्छ । भौतिक रुपमा देशमा बम विष्फोट गर्ने, बन्द हड्ताल,लुटपाट गर्ने, जनता,उद्योगी तर्साउने गतिविधि र समूह नहोलान् तर के सबै जनताको मनमा शान्ति छ त ? उनीहरुको स्वतन्त्रता र मौलिक अधिकारको पूर्ण ग्यारेण्टी छ त ? देशमा सहज रोजगारी र लगानीको वातावरण छ त ? १५औं लोकतन्त्र दिवसमा नेतृत्वले कोरोना महामारीले निम्ताएको समस्यालाई देखाएर लोकतन्त्र प्रभावकारी बनेको तर्क र स्पष्टिकरण देलान् । तर, वास्तवमै लोकतान्त्रिक मूल्य मान्यता र बाटोमा मुलुक अगाडि बढेको छ त ?

लोकतान्त्रिक व्यवस्थामा देश कुनै एक नेता वा दलको निजी सम्पत्ति हुँदैन । शासन चलाउनेहरूलाई शासनको शक्ति मतदाताले विश्वाससाथ सुम्पिएका हुन्छन् । लोकतन्त्रले नागरिकको उचाइलाई सर्वोपरि ठान्छ । चुनावको बेला त्यो सार्वभौमले बेजोडको मान पाउँछ । अनि, त्यसपछि ती मतदाताहरूको लागि सम्मान, समृद्धि, सुख र सम्भावनाको ढोका खोलिन्छन् । तर, चुनाव जितेपछि लोकतन्त्रका मूल्य,मान्यता र विशेषताहरु भन्दा नि आफ्ना स्वार्थ र सत्ता प्राप्ति शक्ति सञ्चय जस्ता गतिविधिहरुलाई अँगाल्दै जनमत विपरित जाँदा शासकहरुप्रति मात्रै लोकतन्त्र व्यवस्था माथि नै प्रश्न उठ्छ । लोकतन्त्र जनतामा आधारित शासन प्रणाली हो । जनताको इच्छाको सर्वोपरिता लोकतन्त्रको मूलभूत विशेषता हो ।

नेपालले अंगिकार गरेको अप्रतक्ष्य लोकतन्त्र अन्तर्गत शासन प्रणाली अगाडि बढेको छ । अप्रत्यक्ष लोकतन्त्र अन्तर्गत निर्वाचित भएका जनप्रतिनिधिहरूलाई सामान्यतया स्वतन्त्र रूपमा निर्णय गर्न पाउने अधिकार हुन्छ । उनीहरूले गरेको निर्णयप्रति जनतालाई चित्त नबुझेको अवस्थामा जनताले आगामी निर्वाचनबाट उनीहरूलाई विस्थापित गर्न गराउन वा हटाउन सक्दछन् । यस प्रणालीका केही बेफाइदा वा कमी–कमजोरीहरु पनि छन् । जन प्रतिनिधिहरु व्यक्तिगत र दलगत स्वार्थमा फस्ने र उनीहरुले जनताको इच्छा अनुसार काम नगरेमा पनि जनताबाट उनीहरुलाई नियन्त्रण गर्न कठिन हुन्छ । जुन अहिले नेपालको मुख्य समस्या बनेको छ ।

स्वतन्त्र एवम् निष्पक्ष आवधिक निर्वाचन, शान्तिपूर्ण तरिकाबाट सरकारको निर्माण तथा परिवर्तन,आधारभूत मानव अधिकारको संरक्षण र सम्वद्र्धन ,शक्ति पृथकीकरण र सन्तुलनको समूचित व्यवस्था,बालिग मताधिकार ,कानूनी शासन,सूचनाको अधिकार ,दलीय पद्धति÷बहुदलीयता लगाएतका विशेषता लोकतन्त्रका आधारभूत विशेष्ता हुन् । यीनको उचित पालना र जनतालाई अनुभूति भए मात्रै लोकतन्त्र सफल हुन्छ ।त्यसैगरी सर्वहिताय (साझा हित) ,सत्यता ,समानता, कानूनको शासन,विविधता, बाँच्न पाउने अवस्था,खुशीको खोजी गर्न पाउने,लोकप्रिय सार्वभौमसत्ता,देशभक्ति,जस्ता लोकतान्त्रिक मूल्य र मान्यताहरुको संरक्षण र प्रवद्र्धनसँगै कार्यान्वयन भए मात्रै लोकतन्त्र । लोकतान्त्रिक प्रणाली सफल हुन्छ ।

विसं २०६२/६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो । प्रमुख सात राजनीतिक दलको शान्तिपूर्ण सडक सङ्घर्ष र तत्कालीन माओवादीको सशस्त्र संघर्षको अन्तरघुलनको परिणाम स्वरूप नेपालका २४० वर्षदेखि शासन गर्दै आएको राजतन्त्र अन्तय भयो । यससँगै नेपाली जनताले आफ्नो राष्ट्रप्रमुख आफैँ छान्न पाउने गणतान्त्रिक व्यवस्था अबलम्वन गरेका छन् । दोस्रो जनआन्दोलनले संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षताजस्ता नेपालको मौलिक विशेषतासहितको प्रणालीलाई स्थापित गरेको छ । राज्यका हरेक तहमा ३३ प्रतिशत महिलाको सहभागितालाई सुनिश्चित गरेको छ । पछाडि पारिएका वर्ग, क्षेत्र, तह तथा तप्कालाई राज्यको मूल प्रवाहमा ल्याइएको छ ।

तर,लोकतन्त्रका १४ वर्षमा पनि अपेक्षित कार्यान्वयन र अनुभूति हुन सकेको छैन । दिगो शान्ति , स्थिर राजनीति सुशासन,अधिकारको प्रत्याभूति जस्ता विषयमा लोकतन्त्रको जनतालाई प्रत्याभूति गर्न सकेको छैन । लोकतन्त्र,संविधान,संघीयता,निर्वाचन र निर्वाचित सरकार पनि स्थिर नहुँदा गति लिन नसक्दा,सत्तारुढ दलभित्रै क्रान्ति हुँदा मुलुक मात्रै होइन लोकतन्त्र नै धरापमा छ । तसर्थ प्राप्त उपलब्धि,लोकतन्त्रको रक्षा र प्रत्याभूतिको लागि नेतृत्व र शिर्ष दल लगाएत सरोकारवाला सबै गम्भीर हुन आवश्यक छ । जनताले जितेको दिन,लोकतन्त्र दिवसको अवसरमा धेरै–धेरै शुभकामना ।

प्रतिकृया दिनुहोस्

Flash News

किमले पुनः सार्वजनिक गरे छोरीसँगको तस्वीर, उत्तराधिकारी बनाउने तयारी ? तीन जिल्ला बाहेकको मतपरिणाम मङ्सिर १३ गतेसम्म आइसक्ने रुस र युक्रेनद्वारा युद्धबन्दी आदानप्रदान इरानमा पक्राउ परेका र्‍यापरको परिवार जोखिममा इलाम १ र सुनसरी ४ मा रोकिएको मतगणना सुरु मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु क्युएफएक्स बुटवलले तेस्रो वार्षिकत्सोवको अवसरमा टिकटमा छुट लुम्बिनी बौद्ध विश्वविद्यालयले १८ औं स्थापना दिवस सप्ताहव्यापी मनाउँदै देउवाका ६ मन्त्री पराजित आमनिर्वाचनमा राप्रपाको फड्को लुम्बिनी प्रदेशमा एमाले बन्यो ठूलो दल यी तीन उम्मेदवार, जसले अर्घाखाँचीमा सबैभन्दा कम मत प्राप्त गरे उत्तर कोरियाको लक्ष्य विश्वको बलियो आणविक शक्ति प्राप्त गर्नु होः किम जोङ उन चितवनमा गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई लुम्बिनीमा ३ अर्बको ठेक्का ! १५७ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन पार्टीले कति सिट जित्यो ? अमेरिकामा हुवावे र जेडटीइले उत्पादन गरेका दूरसञ्चार उपकरण विक्रीमा प्रतिबन्ध रेल्वे कम्पनीले कर्मचारी भर्ना खुलायो, चालकदेखि टेक्निसियनसम्म १० जना माग प्रत्यक्षतर्फ १५४ सिटको टुङ्गो लाग्दा यी ११ स्थानमा बाँकी गुल्मीमा धान उत्पादन घट्यो, करिब २८ हजार मेट्रिकटन उत्पादन तुराँग वहुप्राविधिक शिक्षालय विपन्न विद्यार्थीकाे सहारा