४ जेष्ठ २०७९, बुधबार

May 18, 2022

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१० स्थित शिव माध्यमिक विद्यालयबाट डिजिटल सिकाइ अभियान शुभारम्भ गरिएको छ । व्यास नगरपालिकाको सहयोग तथा एककिृत हरित विकास नेपालको सहकार्य एवं टच स्काइ एजुकेशन नेटवर्क र बिएसएस कम्प्युटर लर्निङ सेन्टर प्रालिको प्राविधिक सहयोगमा डिजिटल सिकाइ अभियान मङ्गलबारदेखि थालिएको हो । उक्त अभियानको नगरप्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरे । नगरप्रमुख न्यौपानेले अबको शिक्षा प्राविधिमैत्री बनाउन आवश्यक रहेको बताए । भौतिक सुधारका साथै गुणस्तरीय शिक्षा लिने अपेक्षा गरिए पनि शिक्षण प्राविधि पुरानै ढर्राको रहेकाले यसको अन्त्य गर्दै नयाँ प्रविधितर्फ अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

Advertisement

शिक्षक महासङ्घका जिल्ला अध्यक्ष रामचन्द्र्र पोखरेलले हिजोको शिक्षण सिकाइ चक, डस्टर र कालोपाटीबाट शुरुआत भए पनि अहिलेको माग डिजिटल प्राविधि रहेकाले यसको प्रयोग गर्दै अघि बढ्नुपर्ने बताए । स्थानीय तह, साझेदारी संस्था र विद्यालय गरी त्रिपक्षीय सहभागितामा यस कार्यक्रम सञ्चालन गरिनेछ । अफलाइनमा आधारित सफ्टवेयरमार्फत शिक्षकको प्राविधिक क्षमतामा वृद्धि गर्ने लक्ष्य रहेको डिजिटल सिकाइ अभियानका कार्यक्रम संयोजक श्रीकृष्ण आचार्यले बताए ।

उक्त प्राविधिमार्फत २०० भन्दा बढी वेवसाइट उपलब्ध गराइनेछ । उनले भने, “मार्कसिट, ग्रेडसिट, तलबी भर्पाइ, पुस्तकालय व्यवस्थापनलगायतका ढाँचा, डिजिटल किताबलगायत उपलव्ध गराइने छ ।” यस कार्यक्रमका लागि व्यास नगरपालिकाबाट रु चार लाख, साझेदारी संस्था एकीकृत हरित विकास नेपालबाट रु तीन लाख ५० हजार सहयोग रहेको छ । जिल्लामा रहेका ७५ वटै विद्यालयमा प्राविधिक शिक्षा पुर्याउने लक्ष्य रहेको उनले बताए ।

व्यास नगरपालिकाको सहयोगमा सबै विद्यालयका शिक्षकलाई ६० दिने प्राविधिक तालिम प्रदान गरिसकिएको सो संस्थाले जनाएको छ । व्यास नगरपालिका –१० मा रहेका चार माध्यमिक विद्यालयमा आइसिटी प्याकेज उपलब्ध गराइसकिएको छ । जसमा भानु मावि, सर्वज्योति मावि, शिव मावि र चण्डीदेवी मा.वि छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

तुलसीपुर उपमहानगरः एमाले २४ मतले अगाडि ढिलै भए पनि एमालेले विवेकले काम गर्योः नारायणकाजी श्रेष्ठ बुटवलमा बाबुराम भन्दा खेलराज ५ हजार १३ मतले अगाडि सितगंगा ५ को वडाध्यक्षमा कांग्रेसका बेल्बासे निर्वाचित २२ घण्टादेखि रोकिएको पाँचपोखरीकाे मतगणना अझै सुरु हुन सकेन बुटवलका १९ वडामध्य १२ वडाको मतपरिणाम सार्वजनिक, कुन वडा कस्ले जिते? यस्ताे छ डडेल्धुराका सातवटै स्थानीय तहको अन्तिम मत परिणाम ४१० स्थानीय तहको नतिजा सार्वजनिक, कुन पार्टीको कति स्थानमा अग्रता ? देवदहमा गठबन्धनलाई पछि पार्दै एमाले : मेयर, उपमेयर दुबैमा अग्रता नवलपरासीको सरावल अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी बुटवलमा पाण्डेको साढे ४ हजार मतले अग्रता, उप-प्रमुखमा सावित्रा अघि शुद्धोधनमा गठबन्धन दल कांग्रेसबाट बस्याल विजयी, उप प्रमुखमा एमालेकी ज्ञवाली भरतपुरमा गठबन्धनकी रेनु दाहालको अग्रता, मतान्तर फराकिलो बनाउँदै चुनावलगत्तै सार्वजनिक यातायातको भाडापनि बढ्याे, आजदेखि नयाँ दर लागू काठमाण्डौंमा बालेनको अग्रता कायमै, स्थापितभन्दा करिब दोब्बरले अघि गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस उम्मेदवार निर्वाचित बालेन र सुनिता हजारौं मतले अगाडि रुपन्देहीको कञ्चनमा कांग्रेसका ढकाल विजयी उम्मेदवारको मृत्युपछि स्थगित तुलसीपुर उपमहानगर-१७ मा मँगलबार मतदान सम्पन्न लुम्बिनीको घोराही उपमहानगरमा एमालेको अग्रता कायमै, ४०११ को मतान्तर