February 28, 2021, Sunday
२०७७ फाल्गुन १६, आईतवार

चौथो कञ्चन प्रतिभा सप्ताह तथा राष्ट्रपति रनिङ्ग शील्ड

180

कञ्चन । ‘हामी सबैको प्रण सार्वजनिक शिक्षा प्राप्तीको सवलीकरण’ भन्ने मूल नाराका साथ कञ्चन गाउँपालिकामा चौथो कञ्चन प्रतिभा सप्ताह तथा राप्ट्रपति रनिङ्ग शील्ड प्रतियोगिता शुरु भएको छ । उद्घाटन गर्दै राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले विद्यार्थीको प्रतिभा प्रस्फुटनको लागि सप्ताहले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

शैक्षिक क्षेत्रमा ठूलो परिवर्तनको आवश्यकता रहेको बताउँदै उनले देशमा प्राविधि र व्यवहारिक प्रविधिलाई आत्मसात गर्दै अगाडी बढ्नुपर्नेमा भट्टराईले जोड दिए । यसैगरी खेललाई विद्यालयमा मात्र सिमित नरही विभिन्न क्लब र संघ संस्थाहरु मार्फत अगाडी बढाईरहेको कञ्चन गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बताए । युवाहरु कुलतमा आकर्षित भइरहेको अवस्थामा यस प्रकारका खेलको माध्यमबाट युवाहरुलाई सही बाटोमा लैजाने प्रयत्न गरिरहेको क्षेत्रीले बताए ।

कार्यक्रममा नेकपा कञ्चनका तर्फबाट भरतमणी सापकोटा, रुद्रपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक पिताम्बर पौडेल, व्यवस्थापन समितिका लक्ष्मीकान्त पौडेल, सामुहिक संस्थाको तर्फबाट रुद्रपुर खानेपानी संस्थाका अध्यक्ष डोलनाथ आचार्य, त्यस्तै दुर्गा बहादुर क्षेत्री र कञ्चन गाउँपालिकाका प्रशासकीय अधिकृत लेख बहादुर बस्नेत लगायतले शुभकामना व्यक्त गरे ।

खेल्कुद सप्ताह अन्तरगत शुक्रबार साहित्यिको आधारभुत तहबाट नेपाली वाचन, अँग्रेजी लेखन, हिसाब दौड र माध्यमिक तहबाट १५०० मि. र १०० मि दौड छात्र÷छात्रा तर्फबाट भएको थियो । कार्यक्रममा विभिन्न विद्यालयले मार्च पास तथा सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

पछिल्लो अपडेट