February 25, 2021, Thursday
२०७७ फाल्गुन १३, बिहीबार

नगर स्तरीय शिक्षक प्रवचनमा बहिरा मा.वि.का चापागाई प्रथम

231

बुटवल । नगर स्तरीय शिक्षक प्रतियोगितात्मक प्रवचनमा बहिरा माध्यमिक विद्यालयका महेश प्रसाद चापागाई प्रथम भएका छन् । रुपन्देहीको सिद्धार्थनगरपालिकाले प्रजातन्त्र दिवशको अवसरमा विहीबार आयोजना गरेको ‘प्रजातन्त्रमा शिक्षकको भूमिका’ विषयक प्रवचन कार्यक्रममा चापागाई प्रथम भएका हुन् ।

यस्तै प्रवचन कार्यक्रममा मुन लाइट मा.वि.का मधु सुदन पोखरेल द्धितीय, पक्लिहवा मा.वि.का देवि प्रसाद न्यौपाने तृतीय, भैरहवा नमुना मा.वि.का विनोद काफ्ले सान्तवना भएका छन् । प्रथम, द्धितीय, तृतीय र सान्तवना हुनले क्रमशः १५ हजार, १० हजार, ७ हजार र ५ हजारसहित प्रमाणपत्र प्राप्त गरेको शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले बताए । कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले विद्यार्थीहरुका बीचमा मात्रै नभई शिक्षकका बीचमा यस प्रकारका प्रतिस्पर्धा आवश्यक रहेको बताए । साथै उनले यस प्रकारका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताएका छन् ।

प्रतियोगितात्मक प्रवचन कार्यक्रमको निर्णायकको रुपमा बालकृष्ण भट्टराई, बुध राना, विजय राना, कविता देवकोटा रहेका थिए । प्रतियोगितामा सामुदायिक र संस्थागत विद्यालयका ११ जना शिक्षकको सहभागिता रहेको थियो ।

पछिल्लो अपडेट