ताजा अपडेट »

२५ करोड राजश्व संकलन

सोमबार, ०९ बैशाख २०७६, ११ : १२
12 Shares

बैशाख ९,

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले चालु आर्थिक वर्षको ९ महिनामा २५ करोड २५ लाख रुपैया राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा ३६ करोड ७३ लाख राजश्व संलन गर्ने लक्ष्य लिएको नगरपालिकाले चैत्र मसान्तसम्म ६९ प्रतिशत अर्थात २५ करोड २५ लाख रुपैया राजश्व संकलन गरेको हो ।

नगरपालिकाले सबैभन्दा बढी राजश्व नदिजन्य पदार्थबाट उठाएको छ । चैत्रसम्म १६ करोड रुपैया नदिजन्य पदार्थबाट उठेको छ । जसलाई प्रतिशतमा हेर्दा कुल राजश्वको ६३ प्रतिशत बढी आउछ ।यस्तै हाटवजार बैठकी करबाट आर्थिक वर्ष भरीमा १५ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ९ महिनामा चैत्र मसान्तसम्म ३६ लाख ६० हजार अर्थात २४४ प्रतिशत राजश्व संकलन गरेको छ ।नगरपालिकाले सम्पत्ति कर र व्यवसायीक करमा भने लक्ष्य भन्दा न्यून राजश्व संकलन गरेको छ । यि दुबै करमा नेपाली काग्रेसले बिरोध गर्दै ज्ञापन पत्र समेत बुझाएको थियो ।

नगरपालिकाले सम्पत्ति करबाट असार मसान्तसम्ममा २७ करोड राजश्व उठाउने लक्ष्य लिएकोमा ९ महिनामा चैत्र मसान्तसम्म ९ दशमलव ३० प्रतिशत अर्थात साढे २ करोड मात्रै राजश्व संकलन गरेको छ । यस्तै २ करोड ५१ लाख व्यवसाय करबाट राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा चैत्र मसान्तसम्म ३३ प्रतिशत अर्थात ८३ लाख रुपेया नगरपालिकाले राजश्व संकलन गरेको छ । नगरपालिकाले आज आयोजना गरेको समिक्षा बैठकमा नगरपालिकाको चालु आर्थिक वर्षको राजश्व संकलनको लक्ष्य, अहिलेसम्म उठेको रकम र अव उठन सक्ने रकमका सम्वन्धमा राजश्व शाखा प्रमुख इन्द्र सापकोटाले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सो प्रतिवेदनलाई नगरपालिकाले आफनो वेभ साइट मार्फत सोमबार सार्बजनिक गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।