१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

बुटवल । लुम्बिनी प्रदेशमा सोमबार ८ जनाले आत्महत्या गरेका छन् । प्रदेशमा विभिन्न जिल्लामा गरि ८ जनाले आत्महत्या गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

Advertisement

आत्महत्या गर्नेहरुमा रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–४, अमारी घर भई हाल सोही ठाउँकै महिलवार निरज शाहिको घरमा भाडामा बस्दै आएका पुरुषोत्तम लाल श्रीवास्तवको १४ वर्षीया छोरी खुशी श्रीवास्तब रहेकी छिन् । उनले घरमा कोहि नभएको बेला खाली कोठाको पँखा झुन्ड्याउने सिलिङ्गमा चुन्नी जस्तो देखिने कपडाको पासो लगाई झुन्डी मृत्यु अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

रुपन्देहीकै शुद्धोधन गाउँपालिका– ६ शिशवा बस्ने २५ वर्षीयकी गिता लोध आफ्नै घरको कोठाको सिलिङ पंखामा पासो लगाई आत्महत्या गरेकी छन् । झुण्डीएको अवस्थामा देखेपछि उनका श्रीमान राम प्रकाश लोधले तत्काल पासो काटी उपचारको लागी भिम अस्पताल भैरहवा ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय छपीयाले जनाएको छ ।

यस्तै कपिलवस्तु विजयनगर गाउँपालिका– ३, मैनारी बस्ने धर्मेन्द्र कुमार चौहानकी श्रीमती बर्ष २६ की सम्झना चौहानले आफ्नै घरको सुत्ने कोठामा फलामको बलोमा सारिको पासो लगाई आत्महत्या गरेकी छन् । झुण्डीएको अवस्थामा देखेपछि उनका श्रीमानले पासो फुकाई मृतकलाई घरमै राखेको खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थलमा पुगेको थियो । उनको १ छोरी र १ छोरा समेत रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै बाँकेको राप्तिसोनारी गाउँपालिका– ६ पदनाह बस्ने छबिलाल थारुको ४७ वर्षीय श्रीमति सुन्दरी थारुले आफ्नै घरको भर्याङमा सल(दोपट्टा)ले घाँटीमा पासो लगाई झुण्डीएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

बाँककोे डुडुवा गाउँपालिका–५, नयाँबस्ति बस्ने गंगाराम वलीको २२ वर्षीय छोरा सागर वलीले आफ्नै घरदेखि अन्दाजी २०० मिटर पुर्वतर्फ रहेको सोही ठाउँकै नन्दकिशोर खटिकको गाँईगोठको काठको बलोमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डीएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
बाँकेकै नेपालगञ्ज उपमहानगरपालिका– १०, भृकुटिनगर बस्ने बर्ष ५५ को लाल बहादुर थापा मगरले आफ्नै घरमा सल्फास नामक बिषादी सेवान गरेका छन् । उनको उपचारको लागी नर्सिङहोम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शबलाई भेरि अस्पताल नेपालगन्जमा राखिएको छ ।

त्यस्तै बर्दियाको मधुबन गाउँपालिका– ५ मा बस्ने ७५ वर्षीय बिरसिंह वलीले आफ्नै घर अगाडी जामुनको रुखमा प्लाष्टिकको नाम्लोले पासो लगाई आत्महत्या गरेका छन् ।

बर्दियाको गुलरिया नगरपालिका–१ मा बस्ने अन्तराम थारुको २३ वर्षीय छोरी आशा चौधरी कृष्णसार संरक्षणको क्षेत्रभित्र मृत अवस्थामा फेला परेकी छिन् । सोमबार दिउँसो घरबाट कोही कसैलाई नसोधी निस्केकी उनी खोजतलास गर्ने क्रममा कृष्णसार संरक्षणको क्षेत्रभित्र मृत अवस्थामा फेला परेको थियो । उक्त स्थानमा ४–५ ठाँउमा बोमिट गरेको स्थान देखिएको र मृतकको मुखमा बिषादीको पाउडर जस्तो देखिएको प्रहरीले जनाएको छ । मृतकले आतमहत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य गाडीले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु