ताजा अपडेट »

क्वारेन्टिनमा मोबाइल चलाएपछि गोस्वामी जेल चलान

सोमबार, २४ कार्तिक २०७७, १० : ५०
6 Shares

काठमाडौँ । दुई बर्ष पूरानो आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका भारतीय रिपब्लिक टिभीका संस्थापक एवं प्रधान सम्पादक अर्नब गोस्वामीलाई जेल चलान गरिएको छ।

एक इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका अर्नबलाई क्वारेन्टिनबाट आइतबार जेल चलान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।पक्राउपछि उनलाई अलिबागको एक क्वारेन्टिन केन्द्रमा राखिएको थियो। त्यहाँ उनले मोबाइल फोन चलाएको पाइएपछि तलोजा जेल चलान गरिएको हो। उनी अन्य व्यक्तिको मोबाइलबाट सामाजिक संजालमा सक्रिय भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

जेल लैजाने तयारी गर्दा अर्नबले आफूमाथि हिरासतमा कुटपिटसमेत भएको आरोप लगाएका छन्।सन् २०१८ मा इन्टेरियर डिजाइनर अन्वयक नाइक र उनकी आमा कुमुद नाइकलाई आत्महत्या गर्न बाध्य पारेको आरोप गोस्वामीमाथि छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।