ताजा अपडेट »

भारतका पत्रकार अर्नब गोस्वामी पक्राउ

बुधबार, १९ कार्तिक २०७७, १२ : ०५
10 Shares

काठमाडौं । भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ परेका छन् । रिपब्लिकन टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका गोस्वामीलाई आत्महत्या दुरुत्साहनको मुद्दामा मुम्बई प्रहरीले बुधबार घरबाटै पक्राउ गरिएको भारतीतय सञ्चार माध्यमले जनाएका छन् ।

गोस्वामीले आफ्ना सासु, ससुरा, छोरा र श्रीमतीमाथि पनि प्रहरीले हातपात गरेको आरोप लगाएका छन् । रिपब्लिकन टेलिभिजनले भने गोस्वामीको घर पुगेको प्रहरीले उनलाई हातपात गर्नुका साथै घिसारेर लगेको आरोप लगाएको छ । टेलिभिजनले यसअघि नै बन्द भइसकेको मुद्दामा गोस्वामीलाई पक्राउ गरिएको आरोप लगाएको छ ।

गोस्वामीमाथि सन् २०१८ मा एक इन्टेरियर डिजाइनर र उनकी आमाको आत्महत्यामा दुरुत्साहन गरेको आरोप छ । यो मुद्दा यसअघि बन्द गरिएको भए पनि महाराष्ट्र प्रहरीले यो मुद्दामा पुनः अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

टेलिभिजनमा प्रशारित एक भिडियोमा प्रहरीले अर्नबलाई भ्यानमा राख्दै गरेको देखिएको छ । तर, प्रहरीले भने अर्नबलाई पक्राउ गरिएको आधिकारिकरुपमा जानकारी दिएको छैन । साथै उनलाई कुन मामिलामा अनुसन्धानको लागि हिरासतमा लिइएको भन्ने पनि स्पष्ट पारेको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।