ताजा अपडेट »

एकैदिन लुम्बिनी प्रदेशका ६ जनाले गरे आत्महत्या

बुधबार, १९ कार्तिक २०७७, ११ : ३१
12 Shares

बुटवल । लुम्बिनी प्रदेशका मंगलबार ६ जनाले आत्महत्या गरेका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, कालिकानगरका २३ की प्रशंसा श्रेष्ठले आफ्नै घरको बैठक कोठाको सिलिङ पंखामा झुण्डीएको अवस्थामा फेला परेकी हुन् । झुण्डीएको अवस्थामा फेला परेपछि उनको दाई र दिदीले तत्काल पासो काटी उपचारको लागी चौराह हस्पिटलमा उपचारको लागि लिई गएका थिए । श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुटवल– १३ बस्ने १६ वर्षीया बालिकाले पनि आत्महत्या गरेकी छन् । बाग्लुङ घर भई बुटवल बस्दै आएकी बालिकाले आफु सुत्ने कोठाको फलामको बलो (पाईप)मा झुण्डिएको आत्महत्या गरेको प्रहरी जनाएको छ । झुण्डिएको अवस्थामा देखेपछि उनको काकाले उपचारको लागी लुम्बिनी प्रादेशिक अस्पताल ल्याएको र चिकित्सकले मृत प्रमाणित गरेको प्रहरीले जनाएको छ ।

यस्तै पश्चिम नवलपरासीको सुनवल गरपालिका १२ हरकट्टामा सिसौको रुखमा झुण्डीएको अवस्थामा शव फेला परेको छ । अन्दाजी ३५, ४० वर्षका पूरुषको शव सडेको भेटीएको र पहिचान नभएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङले जनाएको छ ।

बाँकेको राप्ती सोनारी गाउँपालिका – ५ चाचरफर्काका मिश्री लाल थारुका १८ वर्षीय बर्ष छोरा बिकास थारुले आफ्नै २ तले कच्ची घरको माथिल्लो तलाको बलोमा झुण्डिएर आत्महत्या गरेका छन् । झुण्डिएको देखेपछि उनका वुबा मिश्रीलाल थारुले पासो काटि हेर्दा निजको मृत्यु भईसकेको र ईलाका प्रहरी कार्यालय बैजापुर बाँकेबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी पाल्पा रैनादेवी छहारा गाउँपालिका– ४ घाटखोलाका ५० को गणेश गहतराज आफ्नै घरदेखी १५ मिटर माथी ज्योतिमान श्रेष्ठको खरबारीमा रहेको फोस्रोको रुखमा झुण्डिएर आत्महत्या गरेका प्रहरी जनाएको छ ।

यस्तै रोल्पाको सुनछहरी गाउँपालिका– ५ हाम्जा बस्ने शेर बहादुर रोका मगरको ३६ वर्षीय श्रीमती सर्मिला रोका मगरले विषादी सेवन गरेकी छन् । उनले आफ्नै घरमा कोही नभएको बेला नुभान नामक बिषादी सेवन गरेको र उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द« सुलिचौरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।