ताजा अपडेट »

अविरल वर्षाले मर्चवारका भरथापुरमा डुबान, ४ घरमा पानी पस्यो

विहीबार, ०८ असोज २०७७, १८ : १५
8 Shares

भैरहवा । रुपन्देहीमा भई रहेका अविरल वर्षाका कारण मर्चवारको भरथापुरमा पानी पसेको छ । जिल्लाकै सबै भन्दा बढी जोखिममा रहेको भरथापुरको ४ वटा घरमा पानी पसे पछि घरमा बस्नेहरुलाई अन्नपात र चौपायासहित अन्यत्र सारिएको छ ।

बिहिवार बिहानै भरथापुरकाको ४ घरमा पानी पसे पछि शसस्त्र प्रहरीले उनीहरुलाई सुरक्षित स्थानमा सारेको छ । अबिरल पानी परेको कारण शसस्त्र प्रहरी बल करौताको टोलीले उनीहरुलाई छिमकीहरुको घरमा सारेको शसस्त्र प्रहरी रुपन्देहीका प्रमुख तेज प्रसाद पोखरेलले जानकारी दिए । शसस्त्र प्रहरी नायब निरिक्षक सहदेब सापकोटाको कमाण्डमा ९ जनाको टोलीले उनीहरुको उद्दार गरेको पोखरेलले जनाए । प्रहरी सतर्क भएको कारण घरमा पानी पसे पनि मानविय तथा चौपाय क्षति हुन पाएन । रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ र लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नम्बर २ अत्याधिक बाढीको जोखिममा पर्ने वडा हुन । तिनाउ नदी र दानव नदी जोडिएर एक भएर बग्ने भएको कारण यसको तटीय क्षेत्र जोखिममा पर्ने गरेका छन् ।

यसै बिच शसस्त्र प्रहरी बलले बाढीमा आत्महत्या गर्न पसेको ३ जना बालबालिका सहित महिलालाई उद्दार गरेको छ । बिहिबार दिउँसो करिब ३ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ भरथापुर बस्ने राम आशिस मल्लाहको श्रीमती ३३ बर्षिय गंगोत्री मल्लाह घरायसी बिबादका कारण २ छोरा र १ वटी छोरी लिएर दानव नदिको बाढीमा आत्महत्या गर्न पसेकी थिईन । उनलाई बाढीमा पसेको देखे पछि उद्दारको लागि गएको शसस्त्र प्रहरी नायब निरिक्षक सहदेव सापकोटाको कमाण्डको टिमले उद्दार गरेर निजकै घरमा सुरक्षित साथ राखेको शसस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेलले जानकारी दिए ।

मर्चवारमा पानी पसे पछि त्यस क्षेत्रमा बासिन्दालाई उच्च सर्तकता अपनाउन प्रतिनिधि सभा सदस्य प्रमोद यादवले आग्रह गरेका छन् । अत्याधिक जोखिममा रहेको भरथापुर, चक्की, खखडौर लगायतका स्थानियहरुलाई उनले पूर्ण सर्तकता अपनाउन आग्रह गरेका छन् । यी क्षेत्रहरु सधै बाढीको जोखिममा रहेको कारण यसको दिर्घकालीन समाधानको लागी आफुले सक्दो पहल गरि रहेको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।