ताजा अपडेट »

कक्षामा २० जना विद्यार्थी राखेर अध्यापन सुरु गर्दै रुपन्देहीको राममणि क्याम्पस

बुधबार, ०७ असोज २०७७, १४ : ३७
112 Shares
बुधबार, ०७ असोज २०७७
112 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राम स्थित राममणि बहुमुखी क्याम्पसले भौतिक रुपमै विद्यार्थीलाई उपस्थित गराई कक्षा सञ्चालन गर्ने भएको छ । क्याम्पसले मंगलबार एक सूचना जारी गर्दै बिहीबारदेखि स्नातक तह प्रथम वर्षको कक्षा सञ्चालन भौतिक रुपमै सञ्चालन गर्ने जनाएको हो ।

क्याम्पसले असोज ८ गतेदेखि शिक्षा तथा मानविकी संकायको र असोज ११ गतेदेखि व्यस्थापन संकायका कक्षा नियमित रुपमा सञ्चालन गर्ने क्याम्पस प्रमुख ताराप्रसाद पराजुली बताए । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण लामो समयसम्म पठन–पाठन ठप्प भएको भन्दै सबै कक्षा सञ्चालन गर्न सक्ने अवस्था नरहेकाले स्नातक प्रथम वर्षको मात्रै भौतिक रुपमै कक्षा सञ्चालन गर्न लागेको क्याम्पस प्रमुख पराजुलीले बताए ।

कक्षा सञ्चालन गर्दा सबै प्रकारका सुरक्षाका मापदण्ड अपनाएर एउटा बेन्चमा एक जना विद्यार्थी मात्रै राखेर कक्षामा १८ देखि २० जना विद्यार्थीलाई पठन–पाठन गराउने उनले बताए । ‘सबैलाई एकै पटक पढाउन सक्ने अवस्था छैन् । यसकारण १८ देखि २० जना विद्यार्थी रहने गरी विभिन्न सेक्सन विभाजन गरेर विभिन्न समयमा भौतिक रुपमा नै कक्षा सञ्चालन हुन्छ । अनलाइन रुपमा पठन–पाठन सञ्चालन गर्दा विद्यार्थीबाट नै प्रभावकारी नभएको गुनासो आएपछि यस्तो निर्णय गरिएको हो ।’ उनले भने ।

सार्वजनिक यातायात सञ्चालन भएकाले विद्यार्थी आउनका लागि पनि अब कुनै समस्या नहुने उनको तर्क छ । क्याम्पसमा हाल स्नातक तह प्रथम वर्षमा व्यवस्थापन संकायमा २५०, शिक्षामा १३९ र मानविकीमा ६४ जना विद्यार्थी विद्यालयले जनाएको छ ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।