ताजा अपडेट »

न्यू भिजनमा नयाँ व्यवस्थापनका साथ शैक्षिक गतिविधि सुरु

सोमबार, ०५ असोज २०७७, १८ : १३
6 Shares

बुटवल । रम्भादेवी ग्रुप अफ अर्गनाइजेशन अन्तर्गत सञ्चालित बुटवल उपमहानगरपालिका–१२ तामनगरमा स्थित न्यू भिजन माध्यमिक विद्यालयले यस वर्षदेखि नयाँ कार्यक्रमहरु थप गरेको छ । न्यू भिजनले बुटवल पश्चिममा पहिलो पटक कक्षा–११ मा विज्ञान, शिक्षा, व्यवस्थापन, मानविकी र कानून विषयको पठन–पाठन थपका लागि सम्बन्धन प्राप्त गरेको विद्यालयका निर्देशक मनोज कुमार बस्नेतले बताए ।

प्रदेश ५ मा नै नमूना भौतिक संरचनाका साथ विद्यालयले ती संकायका विषयको पठन–पाठन गराउने रम्भादेवी ग्रुप अफ अर्गनाइजेशनका अध्यक्ष सूर्य बहादुर भट्टराईले बताए । आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी रुपमा अगाडि बढाउने उद्देश्य रहेको उनले बताए । विश्वभरी महामरीको रुपमा फैलिएको कोरोना भाइरसका कारण ६ महिनासम्म शैक्षिक संस्था ठप्प भएपनि बाँकी ६ महिनामा कोर्ष सक्ने गरी विद्यालयले पठन–पाठन गराउने विद्यालयका प्राचार्य केशव श्रीषले बताए ।

सरकारले विद्यार्थी भर्नाका लागि अनुमति दिएसँगै भर्नाका कार्यक्रम सुरु गरिएको उनले बताए । विद्यालयमा हाल सिटिइभिटी अन्तर्गतका एचए, सिएमएलटी, सिभिल ओभरसिज र सब–सिभिल ओभरसिजका कार्यक्रम सञ्चालित रहेका छन् । न्यू भिजनमा सिटिइभिटी अन्तर्गत ४३० जना विद्यार्थी रहेका छन् भने स्कूलतर्फ ६३० जना विद्यार्थीहरु रहेको विद्यालयले जनाएको छ । वि.स. २०५८ सालमा स्थापना भएको विद्यालयले २०७६ मा रम्भादेवी ग्रुपको स्वामित्व प्रदान गरेको थियो। विद्यालयले २०७४ सालको एसईई परीक्षामा ४ जिपिए ल्याएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।