ताजा अपडेट »

कम्प्युटर कक्षाका लागि हिँडेकी रुपन्देहीकी किशोरी जँगलमा मृत फेला

सोमबार, ०५ असोज २०७७, १२ : १४
2 Shares

बुटवल । रुपन्देहीको सैनामैनामा कम्प्यूटर कक्षा लिन गएकी एक किसोरी सुण्डिएको अवस्थामा फेला गरेकी छन् । सैनामैना–९, ज्योतीटोल बस्ने १७ वर्षिया कृशला रसाइली जँगलमा झुण्डिएको अवस्थामा फेलापरेकी हुन् ।

घर देखि विहान करिव साढे १० बजे कम्प्युटर कक्षाका लागि हिंडेकी कृशल सैनामैना–११ को पिपलडाँडा जँगलमा आफ्नै चुन्निको पासो लगाएर झुण्डिएको अवस्थामा च्याउ खोज्न जानेहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना बारे थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

घटना बारे जानकारी हुनासाथ प्रहरी, विभिन्न सामाजिक संस्थाका अगुवा तथा आफन्तको साथमा सव भएको स्थानमा पुगी अध्ययन गर्दा त्यस्तो कुनै पनि संकास्पद अवस्था नदिएको र घटना आत्महत्या नै भएको हुन सक्ने प्रारम्भीक अनुमान गरिएको वडा नम्बर ११ का अध्यक्ष सुनिलप्रसाद मरासिनीले बताए ।

घरबाट झण्डै २ किलोमिटरको दुरीमा रहेका कम्प्युटर इन्ष्टिच्यूट जानका लागि उनी सेतो बुलेरो गाडी चढेर गएको प्रत्यक्षदर्शी स्थानीयले बताए । किशोरीको शरिरमा कुनैपनि किसिमको बाहिरी चोट नदेखिएको तथा रुखमा झुण्डीएको अवस्थामा भेटिएको स्थानीय भुमिलाल सापकोटाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।