ताजा अपडेट »

धेरै भाडा असुल्ने एम्बुलेन्स चालक पक्राउ

मंगलबार, २५ चैत्र २०७६, २० : १६
4 Shares

दाङ । बिरामीबाट दोब्बर बढी भाडा असुल्ने एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लमहीबाट तुलसीपुरसम्मको भाडा ३५ सय रुपैयाँ दूरीमा दोब्बर बढी भाडा लिएको पाइएपछि एम्बुलेन्स कारबाहीमा परेका हुन ।

लमहीबाट तुलसीपुर गएको सात हजार रुपैयाँ बिरामीबाट भाडा लिने कृपा पोलि क्लिनिक एण्ड मेडिकल हलको रा १ च ८२५ नम्बरको एम्बुलेन्सलाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ ।एम्बुलेन्सले बिरामी भन्दा पनि यात्रु बोकेको जनगुनासो बढ्न थालेपछि ट्राफिक प्रहरीले एम्बुलेन्स जाँच गर्न थालेको हो ।सोही क्रममा एम्बुलेन्सले बिरामीबाट बढी भाडा लिएको पाईएपछी एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय दाङमा बुझाइएको ट्राफिक प्रमुख प्रेम रेग्मीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।