ताजा अपडेट »

अदालतमा सुरु भयो दुर्गा प्रसाईंको बयान

सोमबार, १२ जेठ २०८२, १४ : २६
50 Shares
सोमबार, १२ जेठ २०८२
50 Shares

काठमाडौँ । तीनकुने घटनामा संलग्न प्रतिवादीहरूसँग बयान लिन थालिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा दुर्गा प्रसाईंबाट बयान लिन थालिएको हो । 

राज्य विरुद्धको कसुरका ५० जना प्रतिवादीहरूको बयान र थुनछेक कार्कीको इजलासमा हुँदैछ ।

भाटभटेनी लुटमा संलग्न ११ जनाको बयान र थुनछेक न्यायाधीश पदमराज पाण्डेको इजलासमा हुँदैछ । ११ जनालाई सरकारी वकिलले आपराधिक उपद्रव कसुरमा अभियोजन गरेको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।