ताजा अपडेट »

रुपन्देहीमा प्रहरीकै अगाडि पत्रकारमाथि तरस्करको अभद्र व्यवहार : महासंघले गर्यो कारबाहीको माग

सोमबार, ०८ बैशाख २०८२, १७ : ०६
462 Shares
सोमबार, ०८ बैशाख २०८२
462 Shares

बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिका-६, मकरीमा रिपोर्टिङमा रहेका पत्रकारमाथि तस्करहरुको समुहले अभद्र व्यवहार गरेको छ । पत्रकार महासंघ रुपन्देहीका सदस्य राधेश्याम विश्वकर्मामाथि प्रहरी अधिकारीकै अगाडि रिपार्टिङमा रहेका पत्रकारमाथि अभद्र व्यवहार गरिएको भन्दै संघले दोषीमाथि कडा कारबाहीको माग गरेको छ । 

सोमबार समाचार संकलनका लागि मर्चवार जाने क्रममा तस्करहरुले आक्रमण प्रयास गरेका हुन् । पत्रकार महासंघ रुपन्देहीले प्रेस विज्ञप्ती जारी गर्दै घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । साथै विश्वकर्मामाथि आक्रमण प्रयास गर्ने तस्करहरुको समूहलाई कारबाहीको माग गरेको छ ।

भैरहवाबाट संघीय सरकारका कृषिमन्त्री रामनाथ अधिकारी सहभागी हुने कार्यक्रमको समाचार संकलनका लागि जाने क्रममा जिल्लाको मायादेवी गाउँपालिका–६, मकरीमा पत्रकार विश्वकर्मामाथि आफूलाई दीपेश यादव बताउने तस्करहरुको समूहले घेरा हाली सांघातिक आक्रमण प्रयास गरेको थियो । समाचार संकलन गर्न जाने क्रममा भैरहवा–मर्चवार सडकको मूल खण्डमा खुलेयाम लाइन लागेर विभिन्न सवारीमा भइरहेको तस्करीको दृश्य देखेपछि भिडियो खिच्ने क्रममा तस्करहरुको समूहले आक्रमण प्रयास गरे ।’–पीडित पत्रकार विश्वकर्माले भने,  ‘दीपेश यादव नेतृत्वको सात–आठ जना तस्करहरुको समूहले झोला खानतलासी गर्नुका साथै क्यामेरा, मिडिया हाउसको परिचय पत्र र मोटरसाइकलको चाबी खोसी केही समय घेरा हालेर बन्धक बनाउने काम गरेका थिए ।’


यस्तै, पत्रकार विश्वकर्माले तस्करी भइरहेको दृश्य क्यमेरामा कैद गरेकोमा प्रहरीकै अगाडि जवरजस्ती उक्त भिडियो डिलिट गराएका छन् । बन्धक बनाउने क्रममा तस्करहरुको समूहले साम्प्रदायिक रुपमा गालीगलौज गरी अपशब्दहरु समेत प्रयोग गरेको पत्रकार विश्वकर्माले बताए । केही समय बन्धक बनाएपछि भिडियो डिलिट गराएर तस्करहरुले क्यामेरा र मिडिया हाउसको परिचय पत्र भने फिर्ता गरेका थिए । तस्करहरुले क्यामेरा खोस्नेक्रममा पत्रकार विश्वकर्माको क्यामेरा समेत टुटफुट भएको छ ।

घटना बारे जानकारी लिँदै महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेय तथा सचिव सीपी खनालले रिपोर्टिङमा रहेका पत्रकारमाथि भएको अभद्र व्यवहार प्रेस स्वतन्त्रतामाथिकै हमला भएको टिप्पणी गरे । प्रहरी अधिकारीकै अगाडि पत्रकारमाथि गरिएको व्यवहारले प्रहरी प्रशासनको भूमिका र जिम्मेवारीमा समेत शंका र प्रश्न उब्जाएको उल्लेख गरे । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।