ताजा अपडेट »
आजकाे मौसम

नेपालको मौसममा ४ वायुको प्रभाव, कस्ताे रहला त आगामी २ दिनकाे माैषम

यी ३ प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने अनुमान

शनिबार, १७ कार्तिक २०८१, ०८ : ०१
34 Shares
शनिबार, १७ कार्तिक २०८१
34 Shares

हाल देशभर पश्चिमी र स्थानीय वायुसँगै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीकोसमेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावस्वरुप यतिबेला (शनिबार बिहान) कोसी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

आज दिउँसो कोसी र बागमती प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी  प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ।  कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू‍भागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

कस्तो रहला आइतबार र सोमबारको मौसम? 

२०८१ कात्तिक १८ गते आइतबारः
दिउँसोː कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत  देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका केही, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी  प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश उच्च पहाडी तथा हिमाली भू‍भागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भू‍भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिː देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू‍भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८१ कात्तिक १९ गते सोमबारः
दिउँसोː कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत  देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान, बाँकी पहाडी भूभागका थोरै स्थान तथा तराई भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू‍भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिː बागमती प्रदेश र  गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेश लगायत कोसी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श ः
कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश उच्च पहाडी तथा हिमाली भू‍भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध ।

हाल देशभर पश्चिमी र स्थानीय वायुसँगै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीकोसमेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावस्वरुप यतिबेला (शनिबार बिहान) कोसी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।