ताजा अपडेट »

अचेत अवस्थामा भेटिएका गुल्मी धुर्कोटका कर्मचारी राजु पछाईको निधन

सोमबार, २८ जेठ २०८१, ११ : ३७
35.38K Shares
सोमबार, २८ जेठ २०८१
35.38K Shares

गुल्मी । अचेत अवस्थामा फेला परी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत गुल्मी धुर्कोट  गाउँपालिकामा कार्यरत राजु पछाईको आइतबार साँझ निधन भएको छ । धुर्कोट–६ स्थित धुर माविका लेखापाल पछाई गाउँपालिकाको  शिक्षा  शाखामा काजमा रहेका  थिए ।

धुर्कोटका शिक्षा शाखा प्रमुख दामोदर घिमिरेका अनुसार यही जेठ २३ गते दिउँसोदेखि सम्पर्कविहिन भएका उनी करमचाल्नीस्थित छिमेकीको पसल नजिकै अचेत अवस्थामा फेला परेका थिए । गम्भीर   घाईते भई अचेत रहेका उनलाई गुल्मी अस्पतालमा लगिएकोमा थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा रेफर गरिएको थियो ।

नवनिर्मित पक्कि घरको छतबाट खसेर उनी गम्भिर घाइते हुन पुगेको स्थानीयले अनुमान गरेका छन् । स्थानीयका अनुसार दाजु भाईसमेत रहेका त्यस घरमा उनी सधै जसो जाने गर्थे । त्यस दिन  साझ पनि गएर खानपिनपछि परिवारका सदस्य तलको तलमा सुतेका थिए । राजु  माथिल्लो  तलाको पलङ्गमा सुतेका थिए । छतमा नभएको र उठेर घर जान वा शौचालयका लागि निस्किँदा झुक्किएर लडेको हुन सक्ने अनुमान गरिएको छ ।

राजुको घरमा आमा, बुवा, श्रीमती र तीन छोरीहरु रहेका छ्न्  । उनी विद्यार्थी जीवनदेखिनै  समाज  सेवामा सक्रिए थिए । सामुदायिक रेडियो  धुर्कोटका शेयर धनि तथा कार्यक्रम प्रस्तोता  समेत  रहेका उनी प्रेस सेन्टर नेपाल गुल्मीका पुर्व  सदस्य हुन् । दुःखद संयोग त्यसको अघिल्लो दिन  राजुको विद्यालयका प्रधानध्यापक लक्ष्मी खनाल वस्तुबाट घरतर्फ मोटरसाइकलमा आउँदै गर्दा चितुवाको आक्रमणमा परि गम्भिर घाइते भई गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।