ताजा अपडेट »
अटोमोबाईल

७३ किलोमिटर माइलेज दाबी सहित, हिरो स्प्लेन्डर एक्सटेक प्लसको नयाँ भेरिएन्ट सार्बजनिक

विहीबार, २४ जेठ २०८१, ०८ : ४१
310 Shares
विहीबार, २४ जेठ २०८१
310 Shares

भारत । विश्वको सबैभन्दा ठूलो मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी हिरो मोटोकर्पले भरतिय बजारमा स्प्लेन्डर प्लस एक्सटेकको नयाँ भेरिएन्ट लन्च गरेको छ । स्प्लेन्डर उत्पादन हुन थालेको ३० औं बार्षिकोत्सवको अवसर पारी  गत साता कम्पनीले स्प्लेन्डर प्लस एक्सटेक २.० भेरिएन्ट लन्च गरेको हो ।

सो नयाँ भेरिएन्टमा ९७.२ सिसी क्षमताको एयरकुल्ड इन्जिन जडान गरिएको छ । जसको पावर ८.०२ बिएचपी र टर्क ८.०५ एनएम छ । ४ स्पिड गियरवक्स जडान गरिएको उक्त नयाँ मोटरसाइकलले एक लिटर पेट्रोलको खपतम ७३ किलोमिटर माइलेज दिने दावी गरिएको छ । यसमा हिरोको आई३ एस स्टार्ट÷स्टप सिस्टम दिइएको छ ।

डुअल टोन कलर स्किम दिइएको स्प्लेन्डर प्लस एक्सटेक २.० मा गोलाकार आकारको डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, ब्लुटुथ कनेक्टिभिटी र यूएसबी चार्जिङ पोर्ट लगायत फिचर पाउन सकिन्छ । म्याट ग्रे, ग्लस ब्ल्याक र  ग्लस रेड गरी तिन कलर भेरीयन्टमा यो मोटरसार्यल उपलब्ध हुनेछन ।

मोटरसाइकलको मूल्य ८३ हजार भारु निर्धारण गरिएको छ । जुन स्ट्यान्डर्ड एक्सटेकको तुलनमा ३ हजार भारु बढी हो । सो नयाँ मोटरसाइकलले बजारमा बजाज प्लाटिना १०० र होन्डा साइन १०० संग सिधा प्रतिस्पर्धा गर्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।