ताजा अपडेट »

सुदूरपश्चिममा दीर्घ सोडारीलाई समर्थन गर्न एमाले तयार

विहीबार, ०६ बैशाख २०८१, १६ : १३
86 Shares

धनगढी । सुदूरपश्चिममा नेकपा एमालेले एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने भएको छ । यसअघि विकल्प खोज्न भनेको एमालेले सरकार दाबि गर्ने अन्तिम समयमा सर्मथन गर्ने भएपछि सोडारीले एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीका रन्जिता पक्षका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् ।

एमालेले सोडारीलाई समर्थन नगरेमा कांग्रेसको समर्थन लिएर मुख्यमन्त्रीमा दाबि पेश गर्ने तयारीमा सोडारी रहेका थिए । सोडारीले एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नाउपा रन्जिता पक्षका २ र एक स्वतन्त्र सांसद गरि २८ सांसदको समर्थनमा सरकार दाबि गर्दै छन् । प्रदेश प्रमुखले सरकार दाबि गर्न दिएको दुई दिनको समय आज साँझ ५ बजे सकिदै छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।