ताजा अपडेट »

अन्ततः कर्णलीका मुख्यमन्त्री राजकुमार शर्मा राजीनामा दिन राजी

बुधबार, २१ चैत्र २०८०, १५ : ३५
112 Shares

सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको नेतृत्व छाड्न तयार भएको छ । मुख्यमन्त्री राजकुमार शर्मा विश्वासको मत नलिएर राजनीनामा दिन तयार भएका हुन् ।

आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची हटाएर सम्बोधन गर्दै राजीनामाको घोषणा गर्ने माओवादी कर्णालीका प्रमुख सचेतक रणसिंह परियारले नेपाल प्रेसलाई बताए ।

गठबन्धनको शीर्ष नेतृत्वमा कर्णाली एमालेलाई छाड्ने सहमति भएको थियो । तर, माओवादीले विमत्ति जनाइएरहेको थियो । यसअघि विश्वासको मत लिएरमात्रै राजीनामा दिने अडानमा रहेका मुख्यमन्त्री शर्मा थिए ।   

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।