ताजा अपडेट »

ब्याडमिन्टन प्रतियोगिताको उपाधी आर्मी र ललितपुरको पोल्टामा

आइतबार, ११ चैत्र २०८०, १८ : २७
64 Shares

गुल्मी । गुल्मीमा  तीन  दिनदेखि  चलेको प्रथम  राष्ट्रिय   खुल्ला ब्याडमिन्टन प्रतियोगिताको  उपाधी  काठमाडौको  त्रिभुवन आर्मी क्लव र  ललितपुरको नखिपोट  युवा क्लबका खेलाडीले  चुमेका   छ्न  ।
ब्याडमिन्टन  संघ गुल्मीले  आयोजना  गरेको  प्रतियोगितामा   आर्मीका  डेभिड  थापा   मगर   र  नाखिपोटका  विवेक  चौधरीले  उपाधी  चुमेका  हुन  । फाईनल   खेल   उनीहरु  सङ्ग आर्मीका  नरेन्द्र  बम   र   हिमाल   चन्दको  समुह  बिच    भएको  थियो ।   खेलको  सुरुमा  बम  र  चन्दको  समुहले     ती  दुई  जनाले  निकै  पछाडी  पारेका  थिए  ।  बम  र  चन्दले   ११  अङक  हासिल  गर्दा    मगर  र   चौधरीको  समुहले  ९ अङक  ल्ताएका  थिए  ।  त्यति बेला  सबैको  अनुमान उनीहरुले  जित्नेमा  थियो  । त्यस   माथी  खुट्टा   दुखेर    डेभिट    एकचोटि  ढले  अर्को  चोटि  रेस्टमा  बसे  ।   

 फेरि  उठेर  खेल्न आए  पछि  उचाई   लिन  सुरु  गरे  ।  धेरै  पटक  बराबर  हुँदै  गएका  दुबैले  २०/  २०  अङक  जोडे ।  कसले  जित्छ  उपाधि  ब्गनेर  अनुमान  नै  गर्न  नसक्ने  अबस्था  भएको  बेला  डेभिड  र  नरेन्द्रको  समुहले  २०  का  विरुद्ध  २२ अङक  जोडेरर बाजि  मारे  ।  आर्मिका  नरेन्द्र  र  हिमालले  उप बिजेता मै  चित्त  बुझाउनु  पर्यो  ।  
त्यस्तै   लाफा  समूह बुटवलका  मनोज  फौदार  ,   विवेक  न्यौपानेको  समूह  र  धादिङ्गका  राम मल्ल  ठकुरी  र  लम्जुङ्गका  सुजन  थापाको  समुहले  तेस्रो   पुरस्कार   जितेको  छ  ।  पुरस्कार  राशो क्रमश  ६० ,  ४०  र  २० हजारको  छ  ।  समापन  कार्यक्रमका  प्रमुख   अथिथी  खेलकुद  बिकास  प्रदेश परिषदका  सदस्य  सचिब जयप्रकाश  भट्टराईले नगद  पुरस्कार  ट्रफी  मेडल  र  प्रमाणपत्र  प्रदान   गरेका  थिए  ।
 सिङ्गल   तर्फ  सेमलार  ब्याडमिन्टन क्लव    बुटवल १५  का  सरोज  सुनारले  ३५  हजार  राशी को  प्रथम  पुरस्कार   चुमेका  छ्न  ।  उनको  घर  भने  गुल्मीको  धुर्कोट  हो  ।   सेमलार कै  हिमान्सु  कुवरले  दोस्रो  पुरस्कार  जितेका  छ्न  । त्यस्तै  आर्मिका  नरेन्द्र  बम   र  डेभिड   थापा मगर    तृतीय पुरस्कार  जितेका  छ्न  ।  बि  समुहमा स्मस    का  किरण   बिष्ट  र  तम्घासका  अलेक्स  खेर्तीले  प्रथम  पुरस्कार  जितेका  छ्न  ।

३५  बर्ष  उमेर  समुहको  खेलमाकास्कीका  मनोहर  कार्की  र  विशाल खड्का  प्रथम  भएका  छ्न  ।  सेमलारका  दर्शन  बराल  र  सरल  थापा  दोस्रो  भएका  छ्न  ।  तम्घासका  सुरेश  श्रेष्ठ र  भरत  थापाले  तृतीय  पुरस्कार जितेका  छ्न  ।  ४५  बर्ष  उमेर  समुहको  प्रतिस्पर्धामा  बर्वतका  प्रेम  कुमार गुरुङ्ग  र  पिएफसी  काठमाडौका  सन्जय  कपाली  प्रथम  भएका  छ्न  ।  तम्घासका  कृष्ण  राना  र नवराज  श्रेष्ठको  समूहले   दृतिय  पुरस्कार  हाता  पारेको  छ । तम्घासकै  धनबहादुर   थापा  ,  कृष्ण बहादुर  थापाको  समुह   र  तम्घास कै  देबेन्द्र  भलामी  र  चन्द्र  पाण्डेको समूहले   तृतीय  पुरस्कार   हाता  पारेका  छ्न  ।
५५  बर्ष  उमेर  समुहको  खेलमा  तम्घासका शैलेन्द्र  बज्राचार्य र  बालसिंह   काउछाको  समूह  प्रथम  भएको  छ  ।  कास्कीका  रामबहादुर  गुरुङ र  खगेन्द्र  पेगामी  दोस्रो   भएका  छ्न  ।  रुपन्देहीका  बलाराम  पन्थी  ,  निरबहादुर  रानाको  समूह  र  तम्घासका   बिष्णु  बलाल  र  प्रकाश भलामीको  समूह  तृतीय  भएका  छ्न  ।
विभिन्न  ७  बिधामा  भएको  प्रतियोगितामा  १४५ जना  खेलाडीले नाम  दर्ता  गरेको  ब्याडमिन्टन  संघ  गुल्मीका  उपाध्यक्ष  रमेश  काउछाले  बताए  ।    अन्य  विधाको  पुरस्कार  राशी  ३५ ,  २५  ,  २०  र  १५ हजार  रहेको  थियो  ।
कार्यक्रमलाई  सम्बोधन गर्दै  प्रमुख  अतिथि  भट्टराईले   गुल्मीका खेलाडीहरु  राष्ट्रिय स्तर  सम्म  सफल  भएको  लुम्बिनी  प्रदेश  मै  अब्बल  रहेको  बताएका  थिए  । 


प्रतियोगिताको  चैत्र  ९  गते  रेसुङ्गा  नगरपालिकाका  मेयर  खिलध्वज  पन्थीले उद्घाटन  गरेका  थिए  ।  सेमिफाइनल र  फाइनल  खेल  निकै  रोचक  थियो  ।

संघका अध्यक्ष   नवराज  श्रेष्ठको अध्यक्षतामा  सप्पन्न कार्यक्रमको  सहजीकरण सचिब सुरेश  श्रेठले  गरेका  थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।