ताजा अपडेट »

विद्यालयस्तरीय बुटवल मेयर कपमा शनिबार ८ खेल सम्पन्न

शनिबार, २७ माघ २०८०, १९ : ३४
34 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजनामा शुरु भएको अन्तर विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिताअन्तरगत शनिबार ८ वटा खेल भएका छन्। 

शनिबार एन्फा टेक्निकल सेन्टरमा भएका खेलमा एभरेस्ट मावि र मणिमुकुन्द माविबीचको खेल २-० ले एभरेस्ट विजयी भएको छ।

कालिका मानवज्ञान मावि र प्रगति माविबीचको खेलमा १-० गोलअन्तरले प्रगति विजयी भएको छ भने स्कलर्स मावि र न्यु होराइजन माविका बीचमा भएको खेलमा १-० गोल अन्तरले स्कलर्स विजयी भएको छ।

यस्तै एन्फा खेलमैदानमै भएको एभरेस्ट मावि र प्रगति मावि बीचको खेलमा २-० गोलअन्तरले एभरेस्ट विजयी भइ अघिल्लो चरणमा प्रवेश गरेको छ। यस्तै जबई खेल मैदानमा इन्टलेक्चुअल मावि र मोतिपुर ३-० गोलअन्तरले मोतीपुर विजयी भयो भने ज्ञानोदय मावि र क्यानन माविबीचमा भएको खेल बराबरी भएपछि टाइब्रेकरमा ५-३ गोलअन्तरले ज्ञानोदय विजयी भएको छ। यस्तै सरस्वती मावि र कान्ति माविबीचको खेल टाइब्रेकरमा जाँदा सरस्वती ३-२ अन्तरले विजयी भएको छ। यस्तै गरी उजिरसिंह मावि र मोतिपुर मावि बीचको खेलमा ३-० ले उजिरसिंह विजयी  भएको खेल सहसंयोजक इश्वर गुरुङले जानकारी दिए।

प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी रहेका छन्। प्रतियोगितामा २०६० साल माघ १९ गतेभन्दा अघि जन्मिएका वा २० वर्ष ननाघेका विद्यार्थीमात्रै सहभागी छन् । प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोश्रो हुनेले ६० हजार, सेमीफाइनलमा पुग्ने २ वटा टीमलाई १८-१८ हजारका दरले पुरस्कार, शिल्ड र पदक प्रदान गर्ने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए।

उनका अनुसार उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८-८ हजारका दरले पुरस्कार पाउनेछन्।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।