ताजा अपडेट »

सुदूरपश्चिमका मन्त्री साउदविरूद्व उजुरी, ज्यान मार्ने धम्की दिएको आरोप

मंगलबार, १६ माघ २०८०, १३ : १३
108 Shares
मंगलबार, १६ माघ २०८०
108 Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउदविरुद्ध प्रहरीमा उजुरी परेको छ । बझाङ बुंगल नगरपालिका वडा नं १ निवासी धनबहादुर बोहराले जिल्ला प्रहरी कार्यालय कैलालीमा मन्त्री साउदविरुद्ध उजुरी हालेका हुन् ।

साउदलाई आफूले सापटी दिएको पैसा फिर्ता माग्दा ज्यान मार्ने धम्की दिएको उजुरीमा उल्लेख छ । ‘समस्या छ भनी रुपैयाँ ऋण सापटी मागी लिएका थिए । निजले दिने समय अवधि समाप्त भइसक्दा समेत मलाई रुपैयाँ नदिई रुपैयाँ फिर्ता माग्न खोज्दा अनेक वाहना पारी आलटाल गर्ने तथा उल्टै ज्यान मार्ने किसिमले धाक धम्की दिने गरेको हुँदा निजलाई झिकाई आवश्यक छलफल तथा मलाई ज्यान मार्ने धम्की दिएको हुँदा मेरो शान्ति सुरक्षा समेत गरी पाउन यो निवेदन पेश गरेको हुँ ।’ उजुरीमा भनिएको छ । 

यस विषयमा छानबिन गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कूलदीप चन्दले जानकारी दिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।