ताजा अपडेट »

बुटवलको ढवाहामा धनुषबाण प्रतियोगिता शुरु

बुधबार, २५ पुस २०८०, १५ : २०
124 Shares

बुटवल । बुटवलको ढबाहमा आर्चरी प्रतियोगिता (धनुषबाण) शुरु भएको छ । छन्त्याल समुदायको महान पर्व म्हिेलाङे सोङती माघे संक्रान्तिको अवसरमा नेपाल छन्त्याल संघ जिल्ला समिति, रुपन्देहीको आयोजनामा बुधबारदेखि प्रतियोगिता सुरु भएको हो। 

प्रतियोगिताको एक कार्यक्रमबीच बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्यालले धनुषवाण हानेर उद्घाटन गरिन् ।  पौष २८ गतेसम्म चल्ने प्रतियोगितामा ८ टिमको सहभागिता रहेको आर्चरी प्रतियोगिता (धनुषबाण)  संयोजक सुवेदार गंगाबहादुर छन्त्यालले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेले २५ हजार, द्धितीय हुनले १५ हजार र तृतीय हुनेले १० हजार पुरस्कार प्राप्त गर्ने तारा खेल संयोजक छन्त्यालले बताए । वि.स. २०२६ सालदेखि नै छन्त्याल समुदायको महान पर्व म्हिेलाङे सोङती माघे संक्रान्तिको अवसरमा धनुषवाण प्रतियोगिता गर्दै आइरहेको र यस पटक आयोजना गरिएको प्रतियोगिता पनि त्यसैको निरन्तरता रहेको नेपाल छन्त्याल संघका केन्द्रिय सदस्य योगेन्द्र छन्त्यालले जानकारी दिए । साथै आगमी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित र स्तरी गराउँदै लगिने केन्द्रिय सदस्य छन्त्यालले बताए । 

संघका जिल्ला अध्यक्ष भरतबहादुर छन्त्यालको सभापतित्व, सचिव नन् छन्त्यालको सञ्चालनमा भएको उद्घाटन कार्यक्रममा बुटवल–१२ का वडाध्यक्ष डिल्लीप्रसाद शर्मा, राजापुर खानेपानी संस्थाका अध्यक्ष जीतबहादुर राडि, नेपाल छन्त्याल संघ तिलोत्तमा नगरपालिका अध्यक्ष तारा छन्त्याल लगायतले बोलेका थिए । उद्धघाटन कार्यक्रममा तारा खेल रुपन्देहीका अध्यक्ष जीतबहादुर छन्त्याल, छन्त्याल संघ रुपन्देहीका प्रदाधिकारी लगायतको सहभागिता रहेको थियो । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।