ताजा अपडेट »

तिलोत्तमामा लुम्बिनी इन्टीग्रेटेडले सुरु गर्‍यो बिएसस्सी फरेस्टी र बिएएलएलबीको पठनपाठन

शुक्रबार, १३ पुस २०८०, १६ : ५९
107 Shares

बुटवल १३ । रूपन्देहीको तिलोत्तमास्थित लुम्बिनी इन्टीग्रेटेड एकेडेमीले बिएसस्सी फरेस्टी र बिएएलएलबीको पठनपाठन सुरू गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एकेडेमीले फरेस्टी र बिएएलएलबीको पढाई सुरू गरेको हो । वन विज्ञानको पढाई लुम्बिनी प्रदेशमा पहिलो हो ।

कलेजको शुक्रबार पूर्वाञ्चल विश्वविद्यायका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले उद्घाटन गरे । ४८ जनाको सिट संख्या रहेको फरेस्टी ४ वर्षे कोर्ष हो । ८ वटा सेमेस्टर रहेको यो कोर्षको पढाईका लागि ७ लाख रूपैयाँ खर्च लाग्ने गर्छ । कक्षा ११ र १२ मा विज्ञान विषय पढेकाहरूले ब्याचलर वन विज्ञान पढ्न सक्छन् । त्यस्तै ५ वर्षे बिएएलएलबी पढन ६ लाख ५० हजार रूपैयाँ खर्च रहेको छ ।


एकेडेमीका बोर्ड सदस्य पुरन केसीले दुवै विषयको यस क्षेत्रमा आवश्यकता महशुस गरी पढाई सुचारू गर्न लागिएको बताए । उनले प्राविधिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न आफूहरू जुटेको बताए । कलेजका अध्यक्ष डा. घनश्याम पाण्डेले नयाँ र खोजी भइरहेको विषय यस क्षेत्रमा सञ्चालन भएपछि विद्यार्थीहरू पढनका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य हुने बताए ।

पछिल्लो समय स्नातक तहमा पढाई हुने कलेजहरुमा विद्यार्थीको संख्या घटिरहेकोले यस्ता विषयले विद्यार्थीहरुमा आकर्षण बढने कलेजका अध्यक्ष डा.घनश्याम पाण्डेले बताए ।
उद्घाटन समारोहमा कलेजका डाइरेक्टर केपी पन्त, नेपाल बार एशोसिएसनका उपाध्यक्ष पशुपति भण्डारी लगायतले कलेजको सफलताको शुभकामना व्यक्त गरेका थिए । उद्घाटन समारोहमा विद्यार्थीहरूलाई अभिमुखीकरण समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार सन्जु पौडेलले गरेकी थिइन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।