ताजा अपडेट »

भोजपुरमा निर्माणाधीन मोटरेबल पुल भत्कियो

विहीबार, १२ पुस २०८०, १३ : ५७
28 Shares

भोजपुर । भोजपुरको इर्खुवा खोलामा निर्माणाधीन पक्की पुल भत्किएको छ । ढलानको अन्तिम तयारीमा रहेको षडानन्द नगरपालिका वडा नम्बर २ र साल्पा सिलिछो गाउँपालिका जोड्ने पुल आज भत्किएको हो ।

फर्मा भाँचिएपछि पुल तल खसेको भोजपुर प्रहरीले जनाएको छ। दिव्यज्योति धनञ्जय जेभीले बनाइरहेको उक्त पुलको लागत ६ करोड ३० लाख रूपैयाँ रहेको जनाइएको छ ।घटनामा मानवीय क्षति भने भएको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।