ताजा अपडेट »

मन्त्री किराँतीको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन

सोमबार, ०९ पुस २०८०, १६ : ४०
38 Shares

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन भएको छ । 

क्रिश्चियन धर्म नमान्नेलाई जेल हाल्नेजस्ता विवादास्पद अभिव्यक्ति दिएपछि उनको राजीनामा माग्दै काठमाडौंमा सोमबार प्रदर्शन भएको हो । 

सनातन धर्मावलम्बी नेपालीको अगुवाइमा सोमबार काठमाडौँमा प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले संसद् भवन घेराउ गर्दै  मन्त्री किराँतीलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।

उनीहरुले गौशालाबाट बानेश्वरसम्म शंख बजाउँदै विरोध ¥याली गरेका थिए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।