ताजा अपडेट »

सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

आइतबार, ०८ पुस २०८०, १६ : ३१
26 Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। अन्तिम फैसलाका लागि आइतबार सुरु भएको बसह नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।

काठमाडौँ जिल्ला अदालतमा न्यायाधीशको अभाव देखाउँदै यसअघि पटक पटक सुनुवाइ सर्दै आएको छ । यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसके पनि सुनुवाइ भने सर्दै आएको छ ।

सर्वोच्च अदालतले यसअघि गत फागुनमा चाँडो फैसला गर्न आदेश दिएको भए पनि अहिलेसम्म फैसला हुन सकेको छैन । लामिछानेविरुद्ध २०७९ साल कात्तिक १४ गते नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा मुद्दा दायर भएको थियो ।

पछिल्लो पटक गत मंसिर २४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा तोकिएको पेसी कानुन व्यवसायीहरूको चितवनमा कार्यक्रम रहेको भन्दै सन्दीप पक्षका वकिलहरूले सुनुवाइ स्थगित गर्न निवेदन दिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।