ताजा अपडेट »

आज विशेष बैठक बस्दै एमाले

शनिबार, ०२ मंसिर २०८०, ०८ : ०३
18 Shares

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विशेष बैठक आज शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा जनसंगठनका पदाधिकारी र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरु उपस्थिति हुने बताइएको छ ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । बैठकमा पछिल्लो राजनीतिक गतिविधि र युवासंघको आयोजनामा हुने मंसिर ७ गतेको कार्यक्रमको बारेमा छलफल हुने बताइएको छ । युवा संघले आगामी मंसिर ७ गते भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध काठमाडौंमा जनप्रदर्शन गर्दैछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।