१८ मंसिर २०८०, सोमबार

Dec 4, 2023

डलास(टेक्सस) । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले एकले अर्कोलाई औला ठडाएर देशको विकास नहुने जिकिर गर्नुभएको छ । हिजो भन्दा आज देशको विकास भैरहेको भएपनि हुनुपर्ने जति मात्र नभएको र यसो हुनुको पछाडि एकले अर्कोलाई दोष लगाएर उन्मुक्ति नमिल्ने नेता रिजालको जोड थियो ।

Advertisement

नेपाली जनसम्पर्क समिति अमेरिका डलास फोटवर्थ टेक्सस च्याप्टरले आईतवार युलेसमा गरेको शुभकामना आदान प्रदान तथा अन्तरक्रियामा सहभागि हुदैं नेता रिजालले नेपाल भनेको अहिले गिलासमा रहेको आधा पानी जस्तै भएको र त्यसलाई सकारात्मक हिसावले हेर्दा गिलासमा आधा पानी देखिने र नकारात्मक रुपले हेर्दा भरिएकै त छैन भन्ने खालको रहेको बताए।

उनले नेपाल र नेपाल बाहिर रहेका सबैले आ आफ्नो ठाउवाट सकारात्मक ढंगले काम गर्ने हो भने नेपाल बन्न समय नलाग्ने र आफू त्यसमा पूर्ण आशावादी रहेको उल्लेख गरे। नेतालाई गाली गर्ने, एकले अर्कोलाई औला ठड्याउने गरेर केही हुदैन नेता रिजालले भने सबैले आ आफ्नो ठाउवाट गर्ने हो, कसैलाई आरोप मात्र लगाएर अव छुट कसैलाई छैन ।

च्याप्टरका अध्यक्ष ज्ञानेन्द्र कार्कीको अध्यक्षता, च्याप्टरका महासचिव दिनेश शर्माको संचालन तथा च्याप्टरका संस्थापक कोषाध्यक्ष बादल भुजेलको स्वागत रहेको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई, लुम्विनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनाल, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिहरु भिमवहादुर बलायर, विष्णु सुवेदी, हरिबोल भण्डारी, भरत अर्याल, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारी, एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, नेपाली समाज टेक्ससका वरिष्ठ उपाध्यक्ष विवेक कंडेल, संस्थापक महासचिव सुन्दर कर्माचार्य, एनसिएससीका उपाध्यक्ष डा. प्रेम अधिकारी, युलेस सिटी काउन्सील म्यान टिका पौडेल लगायतले धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

व्यवस्था उल्टाएर दलित समुदायको अधिकार कुण्ठिन गर्न खोजिँदै छ : माओवादी नेता बराल पाल्पाको तिनाउ मावीको हीरक महाेत्सवका अवसरमा विभिन्न प्रतियाेगिता भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानलाई नियमित गराउन काठमाडौंमा दबाब नेप्से घट्ने क्रम जारी बुटवलका ४१ विद्यार्थीहरुलाई ईन्द्रज्योती विश्वकर्मा कल्याणले दियो छात्रवृत्ति हुम्ला, मुस्ताङ र कालीकोटमा हिमपात : जनजीवन कष्टकर तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु कांग्रेस लुम्बिनी प्रदेशको निर्णयः निर्वाचन पूर्व कुनै पनि गठबन्धन नगर्ने कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको दुबई–नेपाल हुँदै दिल्ली पुगेर बेचिएकी उज्बेक युवती अफरोजाको दर्दनाक कथा गठबन्धन : सबैभन्दा ठूलो दल जटायु रेष्टुराँ सञ्चालनले बढ्यो गिद्धको सङ्ख्या एनआईसी एशियामा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक एमालेको संकल्प यात्रा : आज सुर्खेतमा आमसभा हुँदै नेकपा एसको सचिवालय बैठक बस्दै एनएसएल : आज झापा र काठमाडौं भिड्दै उपप्रधानमन्त्री खड्का घाना प्रस्थान कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन : संघिय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न माग मङ्सिर २० केपि ओलि गुल्मीको वामिटक्सार आउने