ताजा अपडेट »

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधबार, १५ कार्तिक २०८०, ११ : ३८
10 Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १६ हजार रुपैयाँमा कारोबार भएकोमा आज एक हजार रुपैयाँले घटेको हो । मंगलबार पनि सुनको मूल्य पाँच सय रुपैयाँले घटेको थियो ।   

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १५ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १४ हजार ४५० रुपैयाँ रहेको छ ।                      

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ३८५ रुपैयाँ  मूल्य कायम भएको महासंघले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।