१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिलेको सरकारले सेवाप्रवाह र शुसासनलाई प्राथामिकता राखेर काम गरिरहेको बताइन् । शनिबार नेकपा माओवादी केन्द्र तुलसीपुर १६ को आयोजनामा दशैँ, तिहार तथा छठ पर्वका अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री शर्माले यो बताइन् ।

Advertisement

अहिलेको सरकार गठन हुँदादेखि नै २ र ३ वटा कुराहरूलाई प्राथामिकता राखेर काम गरिरहेको उनले दाबी गरिन् । उनका अनुसार सरकार गठन हुँदा सरकारले सेवा प्रवाह र सुशासनको कुरालाई एउटा मुख्य उद्देश्य र लक्ष्य लिएको थियो । देशमा ठूला व्यक्तिहरूले जे गरेपनि हुन्छ, भन्ने एउटा संस्कृति रहेको भन्दै उनले अहिलेको सरकार आएपछि विभिन्न घटनाक्रमहरू जुन ढंगले अगाडि बढेका छन्, सुशासनको क्षेत्रमा जसरी बढेको छ । देशमा जतिसुकै ठुलो मान्छे भएपनि कानुन भन्दा तलको हो रु भन्नु कुराको स्थापित भएको समेत उनको भनाइ छ ।

उनले भनिन्,‘ म पदमा पुगेपछि मैले गर्ने, नगर्ने जे गरेपनि हुन्छ, भन्ने एउटा संस्कृति थियो । ठूला मान्छेलाई कानुन नलाग्ने र जनतालाई मात्र कानुन लाग्ने भन्ने अवस्था थियो । जनताहरू निराशा भएका थिए । गणतन्त्रप्रति पश्न उठेको थियो । अहिले कयौँ ठूला मानिएका मान्छेहरू, जेल जानु भएको छ ।

कतिपय माथि अनुसन्धान भइरहेको छ । सरकारको यो कामले गर्दा जनतालाई आशावादी बनाएको छ ।’ यो घटना क्रमले गर्दा पदमा जाने मान्छेहरूमा डर कायम भएको समेत उनले बताइन् । पदमा हुँदा कुनै पनि नराम्रो काम गरेपछि हिजोका राजनीतिज्ञहरू जेलमा गइरहेको अवस्थालाई हेर्नु पर्ने अवस्था रहेको भन्दै उनले गल्ति गरेपछि कुनै न कुनै दिन त्यसको फल भोग्नु पर्छ, भन्ने कुरा स्थापित भएको हुँदा यो नै गणतन्त्रको पक्षमा ठुलो उपलब्धि भएको बताइन् ।

यस्तै अहिलेको सरकारले गणतन्त्र भनेको सजायको फल भोग्ने ब्यवस्था भएको कुराको स्थापित गरेको हुँदा यो पनि ठुलो उपलब्धी भएको उनको भनाई छ । यस्तै उनले घोराही – तुलसीपुर सडक चारलेन बन्ने समेत बताइन् । उनले भनिन्,‘ हिजो घोराही – तुलसीपुरको सडक कतै दुई लेन र कतै चार लेनको डीपीआर भएको थियो । त्यो पनि काम अगाडि बढ्न सकेको थिएन । अहिले आएर सर्वे सकिएको छ ।

सबै तिर चारलेन बनाउने भन्ने कुरा भएको छ । कतै बस्तीहरू उठ्ने तथा भौगोलिक रुपमा समस्या भएमा मात्र फरक कुरा हो । सबैतिर चार लेन हुन्छ । त्यो पनि ब्रिज सहितको चारलेन सडक चाहिन्छ, भनेर कुरा गरेपछि अहिले सर्वे भएर गएको छ । अब तिहारपछि टेन्डर हुने अवस्थामा छ ।’ यो सडक फेरि पनि एक्जिम बैंकले नै बनाउने कुरा भएको भन्दै उनले यसका निम्ति निरन्तर मेहनत समेत बताइन् ।

उनले सडक निर्माणको निम्ति सबै राजनीतिक दल, यहाँका जनता तथा यो बाटोमा हिड्नेहरूको चासोको विषय बनेको समेत बताइन् । पहिलाको सम्झौता तोड्न निकै संघर्ष गर्नु परेको पनि उनले बताइन् । उनले भनिन्,‘ यो सडक सबैको साझा मुद्दा नै थियो । यो सडकका निम्ति हामी असाध्यै मरिमेटी लागेका थियौँ ।

चुनाव पछि करिब ४ करोडमा मर्मतको लागि ठेक्का भएको थियो । एक्जिम बैंकसँग भएको ठेक्का तोडियो । त्यो ठेक्का तोड्नलाई पनि धेरै मेहनत गर्नु प¥र्यो । ’ उनका अनुसार भारतीय राजदूतावासका राजदूत, , प्रधानमन्त्री, भौतिक पूर्वाधार मन्त्री, अर्थमन्त्री सबै तिर मेहनत गरेर मात्र यति छिट्टो ठेक्का तोडिएको हो । निर्वाचन लगत्तै आफूहरू बसेर छलफल गरेको भन्दै उनले पुरानो ठेक्का तोड्दा मुद्दामा नजाने वातावरण मिलाएको हुँदा अहिले सडक मर्मतका काम भइरहेको बताइन् ।

एक्जिम बैंकका सँग भएका अन्य योजनाका ठेक्काहरू तोड्दा अदालतमा मुद्दाले समस्या भएको भन्दै चारलेन सडकको ठेक्का तोड्दा कुनै समस्या नभएको उल्लेख गरिन् । यस्तै घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भवन निर्माणको अहिलेको बजेटमा ३० करोड बजेट विनियोजन भएको समेत बताइन् ।

त्यो पनि ठेक्काको प्रक्रियामा जाने तयारी भएको बताइन् । यस्तै उनले यस पटक बजेट अभावका कारण नयाँ योजनाहरूमा बजेट हाल्न समस्या भएको समेत बताइन् । कार्यक्रममा वडामा समाजिक क्षेत्र, राजनीतिक क्षेत्र, कृषि, शिक्षा, खेल, ज्येष्ठ नागरिक लगायतमा योगदान पु¥याएका एक दर्जन बढि ब्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर बझाङबाट ९१ किलो गाँजासहित तीन जना पक्राउ गौशालामा प्रहरी र प्रसाईं समर्थकबीच झडप ‘उमेर भिन्नता’को कारण थाइल्यान्डमा बेहुलाद्वारा बेहुलीसहित चार जनाको हत्या ! तिलोत्तमाको औद्यागिक व्यापार मेलामा ९ करोडको कारोबार, ५ दिन म्याद थप