१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

दाङ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेतले बुधबार दिउँसो करिब साढे ४ बजे तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको निरीक्षण गर्न आए । उनलाई आज नै काठमाडौँ फर्किनु पर्ने भएकाले उनी अलि हतारमा थिए । उनले समय कम भएको हुँदा थोरै कुरा राखेर नेपालगन्ज जहाज भेटाउन जाने भनी आफ्ना कुरा राख्न थाले ।

Advertisement

शुरुमा बोल्दै गर्दा माइकले काम गर्न छोड्यो । पछि फेरि काम गर्न थालेपछि बोल्न थाले फेरि माइकले काम गर्न छाड्यो । त्यसपछि उनले भने-‘तपाईँहरूले कम बोल भनेर यस्तै दिनु भएको होला ।’ त्यसपछि उनले माइक राखे । फेरि माइकले काम गरेपछि बोल्न थाले । केही कुरा राखेका थिए फेरि माइकले काम गर्न छाडेपछि उनले ‘यो कसको हो ? यसलाई धन्यवाद !’- भने । माइकले काम गर्न छाडेपछि उनी विना माइक आफ्ना केही कुरा राखेर हिँडे ।

दरबन्दी थप गर्ने एक सुको पैसा छैन !
मन्त्री बस्नेतले निःशुल्क स्वास्थ्य उपचारको अभियान लागि जोडदारका रुपमा अगाडि बढाएको बताए । बुधबार दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालको निरीक्षण गर्न आएका मन्त्री बस्नेतले दरबन्दी थप गर्ने एक सुक्को पैसा नभएको समेत बताए । उनले भने- ‘मन्त्रालयमा दरबन्दी पथ गर्ने एक सुक्का पनि थिएन र अहिले पनि छैन । लामो समय हल्ला गर्दै आएपछि ३ दिन अगाडि मात्र केही दरबन्दी बढाउन सक्ने अवस्था सृजना भएको छ । त्यसका लागि कति पापड पेल्नु पर्यो, मलाई मात्र थाहा छ ।’ अब यसलाई चाँडो भन्दा चाँडो भन्दा स्थायी गराएर लोक सेवाको प्रक्रियामा जाने गरी अर्थ मन्त्रालयसँग कारबाही अगाडि बढाउन लागेको समेत उनले बताए ।

यस्तै आफू मन्त्रालयमा आउने बेला ४० प्रतिशत बजेट कटौती गरेर पठाएको भन्दै आफू आएर हल्ला गरेपछि २० प्रतिशत बजेट फेरि ल्याएको र अझै २० प्रतिशत बजेट बाँकी रहेको बताए । यस्तै उनले राप्ती प्रादेशिक अस्पताललाई तत्काल डाइलासिस मेसिनहरू पठाउने र अन्य उपकरणहरू २ महिना भित्रमा सहयोग गर्ने समेत प्रतिवद्धता जनाए । उनले अस्पतालमा तत्काल विशेषज्ञ डाक्टरहरू पठाउन सक्ने अवस्था नभएको भन्दै आफू काठमाडौं गएपछि काहीँबाट केही गर्न सक्ने आश्वासन समेत दिए ।

उनले भने, ‘छात्रवृत्तिका डाक्टरहरूलाई अहिले ठाउँ ठाउँमा गाउँमा पठाएका छौँ । धेरै लामो समयदेखि पहुँचको भरमा काजमा बसेकाहरूलाई पनि गाउँमा पठाएका छौँ । अहिले तत्काल यो डाक्टर पठाउन सक्छौँ, भन्ने अवस्था छैन् । तर, म काठमाडौँ पुगेर केही गर्न अवस्था भएमा सहयोग गर्ने छु ।’ निरीक्षण कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल पनि आएका थिए ।

यस्तै अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपाने २०३३ सालमा हेल्थपोस्टको रुपमा स्थापना भएको यो अस्पताल अहिलेसम्म ५० बेडमा सञ्चालन भइरहेका धेरै समस्या भइरहेको बताए । उनले भने, ‘२०५४ सालमा स्वास्थ्य उपचार केन्द्रको रुपमा विकास भयो । त्यसपछि २०६५ सालमा अञ्चल अस्पतालका रुपमा विकास भयो । २०७५ सालदेखि प्रादेशिक अस्पतालका रुपमा विकास भयो । तर, अहिलेसम्म ५० बेडको अनुमति रहेको छ । यहाँ दाङका मात्र नभइ अन्य छिमेकी जिल्लाका नागरिकहरू सेवा लिन आउँछन् ।’

उनका अनुसार अहिले अस्पतालमा दैनिक करिब ५ सय बिरामीहरू सेवा लिन आउने गरेका छन् । अस्पतालको सेवा बढि रहेको अवस्थामा अस्पतालको जनशक्ति व्यवस्थापन हुन नसक्दा सेवा दिन समस्या भइरहेको उनको भनाइ छ । अस्पतालमा आईसीयू सेवा नहुँदा धेरै बिरामीहरूलाई बाहिर रिफर गर्न बाध्य भएको भन्दै उनले आईसीयू सेवाको लागि मन्त्रीलाई ध्यानाकर्षण गराए । यस्तै अस्पतालको जग्गा व्यवस्थापन गर्नु काम बाँकी रहेको भन्दै उनले त्यसको लागि आफूहरू प्रयासरत रहेको पनि उल्लेख गरे ।

उनले अस्पतालका संरचनाहरू निर्माणका केही कामहरू बाँकी रहेको भन्दै निर्माण भएका संरचनाहरू हस्तान्तरण नभएको पनि बताए । उनले भने,‘ २ सय बेडको अस्पताल बनाउने भनेर संघीय स्वास्थ्य मन्त्रालयबाट पत्र आएको थियो । तर, जनशक्ति व्यवस्थापन नहुँदा ५० बेडको जनशक्तिले १४१ बेडको अहिले सञ्चालन गरिरहेका छौँ । अहिले लुम्बिनी प्रदेश सरकारबाट पनि २ सय बेडको बनाउन प्रक्रिया अगाडि बढेको छ ।’

प्रतिकृया दिनुहोस्

Flash News

प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर बझाङबाट ९१ किलो गाँजासहित तीन जना पक्राउ