१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

कुसुमको अर्थ : एक किसिमको कमलो फूल वा पुष्प हुँदोरहेछ । हो ! उनी पूmलजस्तै कोमल छिन्–भावना, विचार र कर्ममा । उनको खास नाम कुसुम पुन हो । विहे भएपछि उनको थरमा थापा थपियो । अर्थात् उनी पोमबहादुर थापाकी जीवन संगीनी भइन् बिबिएस् तेस्रो वर्ष पढ्दै गर्दा । यो कुरा सम्वत् २०७० तिरको हो । मागी विहे गरेका थापा दम्पत्तिको छोरो सिमोन सम्पत्ति छ ।

Advertisement

२०६४ सालमा कुसुमले तिलोत्तमा नगरपालिका, वडा नं.७, भलवारीमा रहेको सेन्टजोसेफ आवासीय स्कूलबाट प्रथम श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी थिइन् । त्यतिबेला उनका बाबा कृष्णबहादुर र आमा पूर्णकला पुनको खुसीले धूरी चढेका थिए । १७ वर्षको कलिलो उमेरमै प्रवेशिका गरेपछि उनका बाबाले कुसुमलाई बुटवलको मणिमुकुन्द कलेजमा ११ कक्षामा भर्ना गरिदिए । थाहा थिएन उनलाई के विषय पढेर के भइन्छ भन्ने कुरा ?

उनका बाबा भारतीय सेनाबाट निवृत्त हवल्दार हुन् । सुरुआती रहर छोरीलाई नर्स बनाउने थियो । एकपटक आफ्नी आमालाई पर्वको बेलामा अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था आइपुग्यो । त्यतिबेला नर्सको दुःख, पर्व मनाउन समेत नपाएको परिवेश देखेपछि आफ्नी एक्ली छोरी, कुसुमलाई कष्टकर विषय पढाउनु हुँदैन लाग्यो र व्यवस्थापनतिर उनले मन मोडे ।

कुसुमले प्रथम श्रेणीमा प्लस टू उत्तीर्ण गरिन्् । उनका दाजुले पनि सोही विषयमा उक्त कलेजबाट प्लस टू गरेका थिए । बुटवलकै एम्स कलेजबाट २०७० मा उनले दोस्र्रो श्रेणीमा विविएस् उत्तीर्ण गरिन् । सन्तानको स्याहार, सुसारका कारण पढाईमा ब्रेक लाग्यो । सम्वत् २०८० मा उनले वित्तीय शास्त्रमा एमविएस् गरिन् ।

रहर त उनलाई क्याम्पस पढाउने छ । घुम्ने कुर्चीमा घुम्दै बैंकको म्यानेजर बन्ने छ । लोकसेवा आयोग दिएर हाकिम बन्ने रुची नभएको पनि होइन । तर ती सबै गर्नका लागि समय चाहिन्छ । मिहिनेत गर्नुपर्ने हुन्छ । तर, उनीसँग समय थोरै छ । मिहिनेत गर्ने फुर्सदै छैन ।

विगत दुई वर्षदेखि उनी बुटवल, आदर्शनगरको कानुङ बचत तथा ऋण सहकारी संस्थाको कार्यालय प्रमुखको जिम्मेवारीमा छिन् । दैनिक प्रशासन चलाउँछिन् । शेयर सदस्यहरुको सम्पर्कमा रहन्छिन् । कार्यसमितिसँगको समन्वयमा सहकार्य गर्छिन् । आर्थिक पाटोलाई चुस्तदुरुस्त बनाउन अखण्ड खटिन्छिन् ।

कानुङ सहकारीमा जोडिनु अघि उनी बुटवलमै रहेको सुनाखरी बचत तथा ऋण सहकारीको व्यवस्थापकका रुपमा दुई वर्ष सेवा गरिन् । सहकारीमा चार वर्ष बिताउँदै गर्दा उनले सहकारी सम्बन्धि विविध विषयमा तालिम लिएकी छन् । राष्ट्रिय सहकारी महासंघले दिएको रणनीतिक योजना तालिममा एक साता सहभागी भइन् । नेफ्स्कुनले दिएको पल्स अनुगमन प्रणाली तालिम, श्रम अडिट सम्बन्धी जानकारी र रुपन्देही बचत तथा ऋण सहकारी संघले दिएको कोपोमिस तालिम लिने अवसर पाएकी थिइन् । बुटवल उपमहानगरपालिका, सहकारी शाखाले आयोजना गरेको सहकारी लेखा व्यवस्थापन तालिम समेत लिइसकेकी छन् । तालिमले पेसाप्रति उर्जा थप्यो । नयाँ ज्ञान र सीप सिकायो । सहकारीमै रमाउने वातावरण दियो भन्दैथिइन् कुसुमले ।

लाहुरे परिवारको अनुशासनमा हुर्किएकी कुसुमले आमाबाट घरगृहस्थी सञ्चालन सम्बन्धी धेरै कुरा सिकिन् । सानो परिवारमा रहेकी उनले ठूलो घरपरिवारमा बुहार्तन ब्यहोर्नु पर्यो । खाना पकाउने राम्रो कला र सीप भएकी कुसुमको नृत्यकला मनमोहक रहेको छ । घरकी साहिंली बुहारीका रुपमा भित्रिएकी कुसुमले यतिबेला ७३ वर्ष पुगेका सासु र ससुरालाई आमाबाबा सरि सेवा गर्दै आएकी छन् । उनका श्रीमान् सिद्धार्थ र कान्ति स्कूलमा विज्ञान विषय पढाउँछन् ।

कुसुमले आफ्नो पढाईलाई सहकारीमा यथेष्ट प्रयोग गरेकी छन् । नम्र बोली, मैत्रीपूर्ण व्यवहार र सहयोगी भावनाले ओतप्रोत कुसुमको प्रशासनिक क्षमताले सहकारीलाई प्रगतिको शिखर चुमाउँदैछ । सबै कर्मचारीहरुसँग हाँसीखुसी व्यहार गर्ने, सञ्चालकहरुसँग समन्वय अनि शेयर सदस्यहरुसँग निरन्तर सम्पर्कमा रहिरहने बानीले उनको प्रशंसा चुलिएको छ । उनको क्रियाशीलता, कर्मशीलता र कर्मठ स्वभावले नै सबैका बीचमा कुसुम भनेर परिचय दिल्याएको छ । यो नै उनको आत्मिक सन्तुष्टि हो ।

प्रतिकृया दिनुहोस्

Flash News

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण