ताजा अपडेट »

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीसहित मन्त्रीहरुले लिए सपथ

शुक्रबार, २२ भदौ २०८०, १९ : १२
16 Shares
शुक्रबार, २२ भदौ २०८०
16 Shares

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङबाट उनले पद तथा शपथ लिएका हुन् ।

सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ ९३० अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् पनि बनाएका छन् ।

एमालेबाट तिलकुमार मेन्याङ्वो उर्जा, पाँचकर्ण राई वन र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री बनेका छन् । उनीहरुले पनि शपथ लिएका छन् । सृजना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छन् । एमाले नेतृत्वको सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरे पनि सरकारमा सहभागी हुन मन्त्रीहरु भने पठाएको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।