ताजा अपडेट »

आदिकवि " भानुभक्त आचार्य "

शुक्रबार, २९ असार २०८०, ०७ : १४
230 Shares
शुक्रबार, २९ असार २०८०
230 Shares

सफलता पाउनलाई गरौं असल कार्य
यस कविताको शिर्षक छ भानुभक्त आचार्य !!

तनहुँको रम्घामा जन्मिए एक आत्मा
धनन्जयका पुत्र ती धर्मावतिको काखमा !!

लिएर ब्राहमण कुल आचार्यको थरमा
पहिलो पाउ टेके यो धरतिको घरमा !!

बाजे श्रीकृष्णबाट शिक्षा पाएर पढे
राणा शासनकै बेलामा हुर्के भानु बढे !!

हास्दै खेल्दै सुखमै बित्यो उनको बालापन
ख्यालै भएन् त्यतिबेला के गर्ने हो झन्!!

वि .स .१८७१ आजकै दिनमा जन्मिएका उनि
लेख्ने गर्थे कविता सबैको मन छुनि !!

नेपाली साहित्यको जगतमा कलम चालेका
भानुभक्तले नै शान्तिको यो दियो बालेका !!

अनि अठोट गरे उनले रामको आदर्श छर्ने
आफ्नो नाम जगतमा अमर गरि मर्ने !!

लेखे रामायण उल्था गरे नेपाली यो भाषामा
समाज साहित्य रास्ट्रलाई उद्वार गर्ने आशामा!!

प्रश्न्नोत्तर , रामगिता अनि भक्तमाला
परम्परागत संस्कृत शिक्षा उनको पाठशाला !!

भानुभक्त आचार्यले राखे नाम ईतिहासमा
अझै पनि छन् उनि हाम्ले फेर्ने सासमा !!

धार्मिक, नैतिक , आदर्शका चेतनायुक्त कवि
न्यान युक्त काम गरे बसेनन् अन्यायमा दवि !!

भानुभक्त आचार्यले कविता थोरै लेखे पनि
संसारभर चिनाए नेपाललाई आफू असल बनि !!

भानुभक्त अघि सरे नेपाल चिनाउने काममा
त्यसैले त कार्यक्रम हुन्छ आज उनकै नाममा !!

एकदिन समय आयो , म गए है भने
धर्तिबाट निभेर आकाशका तारा बने !!

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।