ताजा अपडेट »

कृषि अर्थतन्त्रलाई व्यावसायीकरण गर्नुभन्दा आत्मानिर्भर बनौं : मदनकुमारी शाह

बुधबार, १३ बैशाख २०८०, १४ : ४५
58 Shares

काठमाडौं। राष्ट्रिय सभा सदस्य मदनकुमारी शाह (गरिमा)ले कृषि अर्थतन्त्रलाई व्यवसायीकरण गर्नुभन्दा आत्मा निर्भर बन्नुपर्नेमा जाेड दिएकी छन् ।

बुधबार बसेको राष्ट्रिय सभा बैठकमा ‘सुदृढ अर्थतन्त्र निर्माणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्दै उनले भनिन्, 'हामी भन्छौ निर्वाहमुखी नेपालको कृषि अर्थतन्त्रलाई व्यावसायीकरण गर्ने तर म भन्छु व्यावसायीकरण गर्नभन्दा पहिला आत्मानिर्भर त बनौं । हामी खाद्यान्नमा आत्मा निर्भर बन्न सक्छौ भन्ने मलाइ लाग्छ ।'

गत वर्षको तुलनामा यस वर्ष आयात बढिरहेको र निर्यात घटिरहेको जानकारी गराउँदै उनले आयातलाई प्रतिस्थापन गर्न र निर्यात बढाउनुपर्ने बताइन् । यसका लागि साना उद्योगधन्दा कलकारखानाहरुलाइ संरक्षण गर्नुपर्ने र रोजगार सृजना गर्नुपर्ने बताउँदै उनले अन्यथा देशमा राेजगारी सृजना नहुने र जसले गर्दा युवाहरु वैदेशिक रोजगारीमा जानुपर्ने आवस्थाकाे अन्त्य नहुने बताइन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।