ताजा अपडेट »

भैरहवा र पोखराबाट चीन उडानको लागि पहल गर्न आग्रह

विहीबार, ३० चैत्र २०७९, १६ : ०३
4 Shares

काठमाडौं । कोरोना (कोभिड–१९) को महामारीपछि चीनबाट पहिलो पटक चार्टर उडानबाट १ सय ८० चिनियाँ पर्यटक नेपाल आएका छन् । हिमालयन एअलाइन्सको चार्टर उडानबाट आएको पर्यटकको समूहलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराती, नेपालका लागि चिनीया राजदूत छेनसोङ ९ःच। ऋजभल क्यलन० र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा। धनन्जय रेग्मीले स्वागत गरेका थिए । चीनियाँ पर्यटकलाई विमानस्थलमै खादा मालासहित पञ्जेबाजा बजाएर स्वागत गरिएको थियो ।

पर्यटकलाई स्वागत गर्दै पर्यटनमन्त्री किरातीले चीन नेपालको प्रमुख पर्यटन स्रोत बजार रहेको उल्लेख गर्दै कोभिड महामारीपछि चिनीयाँ पर्यटकलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताए । नेपाली नयाँ वर्षको पूर्व सन्ध्यामा आएका पर्यटकको समूहलाई स्वागत गर्दै उनीहरुको नेपाल बसाई सुखद रहोस भनी शुभकामना व्यक्त गरे ।

यस्तै मन्त्री र राजदूच सोङबीच विमानस्थलमै भएको भेटवार्ताका क्रममा मन्त्री किरातीले भैरहवा र पोखराबाट चीनसम्म सिधा उडानको लागि आवश्यक सहयोग र पहल गर्न राजदूतलाई आग्रह गरे ।

राजदूत सोङले नेपाल चिनीयाँ पर्यटकहरुको रोजाईको गन्तव्य भएको बताउँदै नेपालको पर्यटन विकासको लागि चिन सधैं सकारात्मक भएको बताए । उनले कोभिडपछि चिनीयाँ नागरिकलाई नेपाल भ्रमण खुला गरिएकोले अब नेपाल आउने चिनीयाँ पर्यटकहरुको संख्या क्रमशः बढ्ने बताए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले कोभिडपछि सन २०२३ मा नेपालको पर्यटन लयमा फकिर्दै गएको उल्लेख गर्दै चिनियाँ पर्यटकको आगमनले नेपालको पर्यटन थप चलायमान हुने बताए । उनले नेपाल चीन सीमानाका रसुवा र तातोपानी नाका आउने पर्यटकलाई नेपाल भ्रमण गराउन पहल गरिदिन चिनीयाँ राजदूत समक्ष आग्रह समेत गरे ।

बिहीबार हिमालय एअरलाइन्स्को एच नाइन ७८५ एयरबस ए ३२०–२१४ ले चीनको कुनमिङ चाङ्शुई अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्म चार्टर्ड उडानबाट १८० जना चिनियाँ पर्यटकहरू अवतरण गरेको र आगामी चार्टर्ड उडानहरू मार्फत् थप ७०० यात्रुहरूलाई नेपाल ल्याउने योजना रहेको हिमालयन एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।

कोभिड–१९ महामारीसँग सम्बन्धित तीन वर्षको प्रतिबन्धपछि नेपालमा एकै पटक चिनियाँ पर्यटकको यो पहिलो आगमन भएको नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट टी।पी। भुसालले जामनकारी दिए । भुसालका अनुसार सन् १०१९ मा चीनबाट १ लाख ६९ हजार ५३४ जना,२०२० मा १९ हजार २५७,२०२१ मा ६हजा र १९६ २०२२ मा ५ हजार ५९५ र २०२३ को मार्च सम्म ६हजार ३३७ जना चिनीयाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।