ताजा अपडेट »

भारतबाट बढेर आयो पेट्रोलीयम पदार्थको मूल्य

बुधबार, १८ माघ २०७९, १५ : २१
24 Shares

काठमाण्डौं । भारतबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेर आएको छ । नेपाल आयल निगमकाअनुसार भारतबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ बढेर आएको छ भने मट्टितेलमा साढे ४ रुपैयाँ बढाएर इण्डियन आयल कर्पोरेसनले पठाएको हो ।

त्यस्तैगरी मट्टितेलको मूल्य ४ रुपैयाँ ६० पैसा र हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आउँदा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।