१२ चैत्र २०७९, आईतवार

Mar 26, 2023

बुटवल । देवदह नगरपालिकाद्वारा सञ्चालित देवदह नगर अस्पताल र स्वास्थ्य वीमा बोर्डबीच सम्झौता भएको छ । स्वास्थ्य वीमा गरेका नगरवासीलाई नगर अस्पतालबाटै वीमा वापत पाइने निःशुल्क उपचार, ल्याब परीक्षण र औषधिहरु नगर अस्पतालबाटै उपलब्ध गराउन नगरपालिकाले सम्झौता गरेको हो ।

Advertisement

नगर प्रमुख ध्रुव खरेल सहितको टोली बिहीबार काठमाडौंस्थित वीमा बोर्डको कार्यालय पुगेर स्वास्थ्य वीमा ऐन २०७४,स्वास्थ्य वीमा नियमावली २०७५ अनुसार सेवा प्रदान सम्बन्धी सम्झौता गरेको हो । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालका अनुसार संघीयता कार्यान्वयनमा आएपछि रुपन्देहीका १६ स्थानीय तह मध्ये नगर अस्पताल सञ्चालन र स्वास्थ्य वीमा गर्ने देवदह पहिलो स्थानीय तह हो ।

नगरपालिकाले गत असोज १० गते १० शैयाको नगर अस्पताल सञ्चालनमा ल्याइसकेको छ । साविकको देवदह स्वास्थ्य चौकीको भवनमा पूर्वाधार थपेर नगर अस्पताल सञ्चालन गरिएको हो । सम्झौता भएपछि अब बोर्डले अस्पतालका कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रमका विषयमा जानकारी गराउने, कार्यक्रम सञ्चालनको लागि आवश्यक जनशक्तिलाई बीमा व्यवस्थापन सूचना प्रणाली, दावी भुक्तानी तथा उपचार खर्च दररेटका बारेमा जानकारी गराएपछि फागुन १ गतेदेखि स्वास्थ्य वीमा कार्यक्रम सञ्चालनमा आउने नगर प्रमुख खरेलले बताए ।

वीमा कार्यक्रम लागू भएपछि नगरवासीले नगर अस्पतालमा ल्याब परीक्षण, भिडियो एक्सरे, एक्सरे र ११ सय ३३ थरिका औषधि निःशुल्क पाउने छन् । यसवाहेक नगर अस्पतालमा उपलब्ध नभएका सिटि स्क्यान, एमआरआई, शल्यक्रिया लगायतका सेवाका लागि अन्य अस्पतालमा रिफर हुने भएकाले सेवा पाउन सहज हुनेछ । नगर अस्पतालले बीमितको क्रियाशील अवधिभित्र नियमावलीमा उल्लेख भए बमोजिमको सुविधा थैली अन्तर्गतका सेवा प्रदान गर्नुपर्ने, उपचार सेवा दिँदा राष्ट्रिय उपचार संहिता ( प्रोटोकल) को अनुसरण गर्नु पर्ने,दावी भुक्तानी बीमा व्यवस्थापन सूचना प्रणाली मार्फत गर्नु पर्ने लगायतका नियम पालना गर्नुपर्नेछ । सम्झौताको अबधि पाँच वर्षको हुनेछ ।

५ वर्षभित्र सबै नगरवासीलाई आधारभूत स्वास्थ्य उपचार सहजरुपमा उपलब्ध गराउनसबै नगरबासीको स्वास्थ्य बीमा गरी पूर्ण स्वास्थ्य बीमायुक्त नगर घोषणा गर्ने योजना रहेको नगर प्रमुख खरेलले बताए । स्वास्थ्य बीमाको शुल्क तिर्न र नवीकरण गर्न नसक्ने विपन्न परिवारलाई नगरको बजेटबाट निःशुल्क गर्ने नगर प्रमुखले घोषणा गरेका छन् ।

स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेशका संयोजक जनक साउदले नगर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु हुंदा ठूला अस्पतालमा बीमा सेवाका लागि हुने चाप घट्ने बताए । नगर अस्पतालमा नगरपालिकाको स्रोतबाट ३ जना र सरकारी दरबन्दीका एकजना गरी ४ जना एमबीबीएस डाक्टर, ५ जना नर्स, ५ जना पारामेडिक्स, २ जना ल्याब टेक्निसियन कार्यरत छन् । अस्पततालमा चौबिसै घण्टा इमर्जेन्सी सेवा, प्रसुति, भिडियो एक्सरे, प्रयोगशाला र फार्मेसी सेवा उपलब्ध छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी