ताजा अपडेट »

बुटवलमा जारी जिल्लास्तरीय एभरेष्ट कपको उपाधी भिडन्त आज

आइतबार, ०८ माघ २०७९, ०९ : १०
10 Shares

बुटवल । बुटवलमा जारी आठौं जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्र–छात्रा भलिबल प्रतियोगिताको फाईनल खेल आज आइतबार हुँदै छ । एभरेष्ट इङलिस माविको आयोजनामा शुक्रबारदेखि शुरु भएको प्रतियोगितामा आज छात्र–छात्रा दुवैतर्फको फाईनल खेल हुने भएको हो ।

शनिबार सम्पन्न क्वाटरफाईनलबाट छात्र–छात्राका चार–चार समूह सेमिफाईनलमा प्रवेश गरेका छन् । सेमिफाईनलमा प्रवेश गरेका समुह बीच आइतबार बिहान हुने खेलपछि फाईनल चरणका खेलहरु दिउसो हुने आयोजक विद्यालयका सहप्राचार्य भिमसेन गौतमले जानकारी दिए । शनिबार भएका छात्रछात्राका आठ खेलबाट सेमिफाईनलका लागि चार–चार समुह प्रवेश गरेका हुन् । प्रतियोगितामा छात्रतर्फ मणिमुकुन्दले दीपलाई २–० ले पराजित गरेको छ भने सेन्टजोसेफले एभरेष्टलाई २–१ सेटमा अराउँदै सेमिफाईनलमा प्रवेश गरेको हो । यस्तै न्यु होराइजनले नहरपुर माविलाई २–० ले र कुँवरवर्तीले नवज्योतिलाई २–० ले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको हो ।

त्यसैगरी छात्रातर्फ एभरेष्टले इन्भारमेन्टलाई २–० ले, दीपले कान्तिलाई २–० ले, न्यु होराइजनले सेन्ट जोसेफलाई २–० ले र कुँवरवर्तीले नवज्योतिलाई २–० ले हराउँदै सेमिफाईनलको यात्रा तय गरेको भलिवल प्रशिक्षक अर्जुन घिमिरेले जानकारी दिए । उनले आइतबार सेमिफाईनलका र सेमिफाईनलपछिका फाईनल खेल हुने जानकारी दिए । प्रतियोगितामा छात्रछात्रातर्फनै विजयी हुनेले २०÷२० हजार नगद, शिल्ड तथा प्रमाणपत्र हात पर्ने विद्यालयका शिक्षक माधव पौडेलले जानकारी दिए । यसैगरि उपविजेता टिमलाई नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा तृतीय टिमलाई नगद १० हजार रुपैया, रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रतियोगितामा छात्रतर्फ १९ र छात्रातर्फ १० टिमले भाग लिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।