ताजा अपडेट »

भैरहवामा "साइ ग्लोबल कलेज कप-२०७९" हुँदै

मंगलबार, ०५ पुस २०७९, १६ : ०२
40 Shares

भैरहवा । रुपन्देही क्रीकेट संघको आयोजनामा बुधबार देखि भैरहवामा "साइ ग्लोबल कलेज कप-२०७९" सुरु हुँदै छ ।

क्रिकेटको विकासमा स्कुल र कलेज स्तरको खेलाडी उत्पादन गर्ने प्रतियोगिताको लक्ष्य रहेको संघका अध्यक्ष हरि बहादुर थापाले बताए । प्रतियोगिताले भविष्यका निम्ति नया प्रतिभाहरु उत्पादन गर्ने दिशा तर्फ महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । कार्यक्रमबारे जानकारी दिने उद्देश्य ले भैरहवामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले साइ ग्लोबल कलेजको एकेडमीको सहकार्यमा जिल्ला स्तरीय इन्टर कलेज प्रतियोगिता "साई ग्लोबल कप २०७२" को आयोजन गरिएको बताए ।

सिद्धार्थ रंगशालामा टी-20 को फर्मेटमा खेलाइने यो खेलमा २० वटा टीमको सहभागीता रहने संघका सचिव सन्जय गुरुङले बताए । पुष ६ गते देखि १६ गते सम्म सन्चालन हुने प्रतियोगितामा प्रथम हुनेले ४० हजार रुपैयाको साथै ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले नगद २० रुपैयाको साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गुरुङले बताए । यस्तै म्यान अफ द सिरिज ५ हजारक्क साथै ट्रफी र प्रमाणपत्र, बेस्ट ब्याटर २ हजार ५ सय साथै ट्रफी र प्रमाणपत्र, बेस्ट बलर २ हजार ५ सयका साथै ट्रफी र प्रमाणपत्र र प्रत्येक खेलको म्यान अफ द म्याच हुनेलाइ १ हजार रुपैया पुरस्कार दिइने उनले बताए ।

प्रतियोगितामा साई ग्लोबल एकेडेमी 'ए', भैरहवा, साई ग्लोबल एकेडेमी 'बी', भैरहवा, काशी नोबल एकेडेमी, भैरहवा, लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल, न्यू होराईजन कलेज, बुटवल, लिलाराम न्यौपाने उच्च मावि भैरहवा, लुम्बिनी इन्जिनियरिङ्ग कलेज, भलवारी, बुटवल मोडल कलेज, लखनचोक, ओमसतिया-१, सेन्ट जोसेफ कलेज, भलवारी, शान्ति नमुना उच्च मावि, मणिग्राम, नेपथ्य कलेज, मणिग्राम, सिद्धार्थ इन्टरनेशनल कलेज, बुटवल, लुम्बिनी बुद्धिष्ट विश्वविद्यालय, बेलवास, होराईजन जी बी एस, ड्राईभरटोल, कालिका उच्च मावि, बुटवल, सी सी टी, बुटवल, जेसिस उच्च मावि, भैरहवा, राममणि क्याम्पस, मणिग्राम र ग्रीनप्लान्ट उच्च मावि, देवदह कलेजले सहभागीता जनाउने कार्यक्रम संयोजक बिजय सिंह ज्ञवालीले बताए ।

बिगतका दिनमा साइ ग्लोबल एकेडमीले यो प्रतियोगिता आफै गराउदै आएकोमा क्रीकेटको विकासको लागि यो बर्ष देखि रुपन्देही क्रीकेट संघको सहकार्यमा प्रतियोगिता गर्न लागिएको साइ ग्लोबल एकेडमीमा प्रवन्ध निर्देशक मोती प्रसाद पौडेलले बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।