ताजा अपडेट »

पर्यटकीय क्षेत्रको नयाँ गन्तव्य पहिचान गर्न बुटवल-नुवाकोट पैदल यात्रा

शुक्रबार, ०१ पुस २०७९, १३ : ०८
26 Shares

बुटवल । पर्यटनका लागि नयाँ गन्तव्यहरुको पहिचानका लागि बुटवल-नुवाकोट पैदलयात्रा हुने भएको छ । शहर नजिकका पर्यटकीय गन्तव्यहरुको पहिचान गर्ने उद्देश्यले शनिबार बुटवलमा पहिलोपटक आयोजना गरिएको 'हाइकिङ'मा करिब ३ सय पर्यटक नुवाकोट पुगेर फर्किने कार्यक्रम रहेको छ ।

सामान्यतया शहर नजिकका क्षेत्रहरुको पैदलयात्रलाई नै हाइकिङ भन्ने गरिन्छ । सोही अनुसार नेपाल एसोशिएसन अफ टुर एण्ड ट्राभल (नाटा) लुम्बिनीको आयोजनामा कार्यक्रम हुने भएको हो। ‘पर्यटनका लागि हामी, हाम्रो स्वस्थ्य र पदयात्रा’ नारासहित वृहत पदयात्राको तयारी पूरा भएको नाटाका अध्यक्ष रचना पन्तले बताइन । सामरिक महत्व बोकेको नुवाकोटगढी, भैरव मन्दिरसँगै पर्यटन पूर्वाधारहरु समेत अवलोकन कार्यक्रममा हुने रुट संयोजक मदन ज्ञवालीले जानकारी दिए ।

कार्यक्रममा विभिन्न सरोकारवाला संस्थाहरुका सदस्यहरु सहभागी हुने निवर्तमान अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिए । बुटवलको मणिकुमुन्दशेन उद्यानबाट नुवाकोट पुगेर फर्किने क्रममा वातावरण सफाराख्ने सन्देशसहित त्यस क्षेत्रमा रहेका प्लाष्टिकजन्य फोहर समेत व्यवस्थापन गर्ने कार्यक्रम रहेको छ ।

आयोजकका अनुसार फूलबारीदेखि नुवाकोट साढे ३ र फर्कदा साढे ३ गरि कुल ७ किलोमिटरको दुरीको यात्रामा सहभागीलाई टिसर्ट, पिउने पानी, नास्ता, खानाको ब्यवस्थापन गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।