१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

काठमाण्डौं  । महाकाली नदी मिच्दै दार्चुला सदरमुकाम खलङ्गाको पारिपट्टि भारतले एकतर्फी तटबन्ध बनाएको विषयमा कुटनितीक नोट पठाउन गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र पठाइको छ।

Advertisement

नेपालको सहमति नै नलिई भारतले एकतर्फी रूपमा भौतिक संरचना बनाइरहेको छ। भारतको सो कामले नेपालतर्फ क्षति पुर्‍याउने भन्दै गृहले परराष्ट्रलाई यसबारे भारतलाई कूटनीतिक नोट पठाउन भनेको हो।

गृहको पत्रमा सीमा क्षेत्रमा भौतिक संरचना निर्माण गर्नुपरे दुवै देशको सहमति र समन्वय हुन पर्ने उल्लेख गर्दै पटक-पटक सीमा क्षेत्रमा यस्ता घटना दोहोरिइरहेकाले कूटनीतिक पहल गरी दीर्घकालीन समाधान खोज्न परराष्ट्रलाई आग्रह गरेको छ।

सो क्षेत्रमा आइतबार अपराह्न ४ बजे दुवैतर्फबाट ढुङ्गा हानाहान हुँदा भारतीय क्षेत्रबाट हानेको ढुङ्गा लागेर बांगाबगरस्थित कैलाशपति आधारभूत विद्यालय नजिक खेलिरहेका चार बालक घाइते भएका थिए।

नेपाली बालकहरू घाइते भएपछि आक्रोशित भएका स्थानीयले झोलुङ्गे पुलको गेटमा तालाबन्दी गरेर आवतजावत बन्द गराएका थिए। तर प्रशासनको हस्तक्षेपमा केही समयमा ताल्चा खुलेको थियो।

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड