ताजा अपडेट »

अरबाज खान र जर्जियाको ब्रेकअप

बुधबार, १४ मंसिर २०७९, ११ : ४१
19 Shares

मुम्बई । बलिउड अभिनेता, निर्देशक तथा निर्माता अरबाज खान र उनकी मोडल तथा अभिनेत्री प्रेमिका जर्जिया एन्ड्रियानीको ब्रेकअप भएको छ । जर्जियाले हालै एक अन्तर्वार्तामा अरबाजसँगको सम्बन्ध राम्रो नरहेको खुलाउँदै उनलाई प्रेमीभन्दा पनि राम्रो साथीको रूपमा चिनाइन् ।

‘मेरो र अरबाजको विवाहको कुनै योजना छैन । लकडाउनपछि हाम्रो सम्बन्धमा पविर्तन आइसकेको छ । लकडाउनले हामीलाई सोच्न बाध्य बनायो । लकडाउनले मानिसलाई कि सँगै बनायो, कि त अलग्यायो’, उनले भनेकी छन् । जर्जियाको कुराले अरबाजका फ्यानले उनीहरुको ब्रेकअप भएको अड्कलबाजी गरेका छन् ।

अरबाज र जर्जिया विगत चार वर्षयता डेटमा थिए । उनीहरु प्रायः सँगै रहन्थे । उनीहरूबीच २२ वर्षको उमेर अन्तर छ । इटली घर भएकी जर्जियाले साउथ र बलिउड फिल्ममा काम गरिसकेकी छन् । उनी कैयौं म्युजिक भिडियोमा पनि देखिएकी छन् ।

अरबाजले सन् १९९८ मा मलाइका अरोडासँग विवाह गरेका थिए । उनीहरूको एक छोरा अरहान खान छन् । अरबाज र मलाइकाले सन् २०१७ मा डिभोर्स गरेका थिए । अरबाजसँगको डिभोर्सपछि मलाइका अभिनेता अर्जुन कपुरसँग प्रेममा छिन् । उनका छोरा अरहान खान बलिउडमा डेब्युको तयारीमा छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।