ताजा अपडेट »

दशैमा यसरी बनाउनुहोस मटन ग्रेभी, चिकेन रोस्ट र पनिर ग्रेभी

मंगलबार, १८ असोज २०७९, १२ : ५२
144 Shares
मंगलबार, १८ असोज २०७९
144 Shares

मटन ग्रेभी बनाउने सहज तरीका

दसैंमा विभिन्न किसिमका परिकार घरपरिवार, आफन्त तथा साथीसँग बसेर खाने चलन छ । पर्वअनुसार खानेकुरा पनि नेपाली सँस्कृति झल्कने छन् । तिहारमा सेलरोटी, माघे संक्रान्तिमा तरुल, असार १५ मा दही चिउरा, श्रावण १५ खीर, जनैपूर्णिमामा क्वाँटी खाइन्छ । यसैगरी दसैंमा विभिन्न परिकार पकाए पनि मासुलाई मुख्य मानिन्छ । दसैंमा मासुको खपथ अत्यधिक हुने गर्छ । हरेक भान्सामा मासुका परिकारहरु पाकेकै हन्छ । हरेक घरमा आ–आफ्नै स्वादअनुसार मासुको परिकार पाक्ने गर्छ । दसैंमा धेरै खाइने मासुको परिकार र पकाउने विधि यस प्रकार छन् ।

आवश्यक सामग्री
खसीको मासु
तेल
पाँच फुरन खुर्सानी, प्याज, टमाटर, हरियो धनियाँ
बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी
लसुन अदुवाको पेस्ट

बनाउने तरिका
मासु बनाउनुअघि राम्रोसँग पखालेर पानी ओभाउन दिने । पकाउने भाडामा तेल तातिसकेपछि पाँच फुरन हाल्ने र प्याज हालेर भुट्ने । सुख्खा मासु बनाउने हो भने प्याजलाई खैरौ हुने गरी चलाउने तर ग्रेभी बनाउँदा प्याज हल्का खैरो हुँदा नै मासु हालेर चलाउँने । केही समयपछि मासुमा बेसार, नुन, गरम मसलासँगै लसुन अदुवाको पेष्ट हालेर पालैपालो चलाउने र छोपिदिने । केही समयपछि फेरी मासुमा मिट मसला र धुलो खुर्सानी हालेर चलाउने र टमाटर पनि राख्ने । त्यसपछि केही मात्रामा पानी राखेर छोपिदिने । मासु पकाउँदा मनतातो पानीको प्रयोगले स्वाद राम्रो हुन्छ । अन्त्यमा काटेको हरियो धनियाँ राख्दा यसले स्वाद बढाउँछ र खानको लागि ग्रेभी तयार हुन्छ । 

सजिलै बनाउनुहोस् चिकेन रोस्ट

मासु पारखीहरूको रोजाइमा पर्ने परिकार हो चिकेन रोष्ट । हरेक उमेर समूहका मानिसले रोस्ट मन पराउँछन् । रोष्ट बनाउन पनि एकदमै सजिलो छ । यसरी सजिलै बनाउनुहोस् चिकेन रोस्ट ।

आवश्यक सामग्री
चिकेन आवश्यकताअनुसार
तेल, बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी
लसुन, अदुवाको पेस्ट
कागती
अण्डा 

बनाउने तरिका
मासुमा बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी, लसुन, अदुवाको पेस्टसँगै कागतीको रस र अण्डा राखेर राम्ररी मोल्ने र कम्तिमा आधा घण्टाका लागि छोपेर राख्ने । पकाउँदा भाँडामा तेल तातेपछि त्यसमा म्यारिनेट गरेर राखेको मासु हाल्ने । केही समयपछि खैरो हँुदै गएपछि त्यसलाई फकाएर पकाउने र रोस्ट खान तयार हुन्छ ।

यसरी बनाउन सकिन्छ पनिर मटर ग्रेबी

२०० ग्राम पनिर १ इन्चको टुक्रा गरी गोल्डेन कलरमा फ्राई गर्नु, २०० ग्राम मसरुम उसिन्नु, १०० ग्राम मटर दाना तातो पानीमा डुबाउनु, १०० ग्राम दही, २०० ग्राम प्याज पिन्नु, १०० ग्राम गोलभेडा पिन्नु, १/१ टेबुलचम्चा लसुन अदुवा, पेष्ट, १/१ चियाचम्चा जिरा धनिया धुलो, १/२ चियाचम्चा बेसार, खोर्सानी धुलो, २ टेबुल चम्चा कर्नफ्लोर पाउडर । एक चौथाई चियाचम्चा गरम मसला र २ मुठा हरियो लसुन काटेको, २ मुठा हरियो धनियाँ काटेको, नुन इच्छा अनुसार ।

बनाउने तरिका :

पनिर फ्राइ गरेर रहेको तेलमा पिनेको प्याज राम्रोसँग फ्राइ गरी लसुन अदुवा गोलभेडा र अरू मसला राखी भुट्नु । अब फ्राइ गरेको पनिर मसरुम मटर राख्नु । १०/१५ मिनेट छोपेर पकाउनु । अब दही कर्नफ्लोर राम्रोसँग फिटी राख्नु र आवश्यक पानी हरियो लसुन, धनियाँ गरम मसला राखी खान दिनु ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।