ताजा अपडेट »

काँग्रेस रुपन्देहीमा विवाद : ‘लोकतान्त्रिक पार्टीको अलोकतान्त्रिक अभ्यास’

विहीबार, १६ भदौ २०७९, १३ : ३२
18 Shares

बुटवल । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोटको विषयलाई लिएर नेपाली काँग्रेस रुपन्देहीमा विवाद उत्पन्न भएको छ । रुपन्देही क्षेत्र नम्बर ४ मा उम्मेदवारको नाम सिफारिस गर्ने विषयमा उत्पन्न विवाद सार्वजनिक भएको हो ।

काँग्रेस क्षेत्रीय महाधिवेशन प्रतिनिधि आशुतोष मिश्रले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् । विहिबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले काँग्रेस भित्र ‘लोकतान्त्रिक पार्टीको अलोकतान्त्रिक अभ्यास भएको आरोप लगाएका छन् ।’ प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिक गर्ने क्रममा रुपन्देही क्षेत्र नम्बर ४ बाट एकलौटीरुपमा प्रमोद यादवको नाम सिफारिस गरी आफ्नो नाम हटाएकोमा असन्तुष्टी व्यक्त गरेका छन् ।

‘म स्वयं पनि आफ्नो उम्मेदवारीको आवेदन ने. का. पार्टीद्वारा जारी मापदण्ड अनुसार क्षेत्रीय सभापतीलाई बुझाएको थिए, तर त्यसलाई फालीयो र एकलौटी नामहरु सिफारीस गरियो ।’–मिश्रले विज्ञप्तिको अन्त्यमा लेखको छन, ‘भ्रष्ट, कमजोर, लोभी र अति नै निम्न स्तरीय प्रकृतीको सिफारीसको घोर निन्दा गर्दैछु ।’ नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभाका लागि काँग्रेस नेता प्रमोद यादवको नाम सिफारिस गरिएको छ भने प्रदेशसभाका लागि अष्टभुजा पाठक र बसुउद्दिन खाँको नाम सिफारिस भएको छ । न्युनत ३ जनालाई उम्मेदवार छनोटका लागि सिफारिस गर्न मिल्ने भएपनि एकलौटी रुपमा गुटबन्दी गरेर आफ्नो नामलाई छलफलमै नलगी फालिएको मिश्रको आरोप छ । ‘यस क्षेत्रमा अनौठो किसिमको गुटबन्दी छ’–ग्लोबल आवाजसँगको कुराकानीमा उनले भने, पार्टीको विधान, नियम र कानून विपरित पहुचको भरमा अलोकतान्त्रिक निर्णय भएको छ ।

पार्टीको विधि र प्रक्रियामा चल्नुपर्नेमा जोड दिँदै आएका मिश्रले स्थानीय तहको निर्वाचनमा समेत गुटबन्दी र अन्तरघात भएको आरोप लगाउँदै आएका छन् । स्थानीय तह निर्वाचनमा मर्चवारी गाउँपालिकामा काँग्रेसका आधिकारिक उम्मेदवारलाई सहयोग नगरी अन्यलाई सहयोग गरेको भन्दै आरोप समेत लगाउँदे आएका छन् । टिकट नपाउने भएपछि काँग्रेस त्यागेर हृदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टीबाट उम्मेदवार बनेका गयाप्रसाद बरैलाई पार्टी नेताहरु प्रमोद यादव लगायतले सहयोग गरेको उनले आरोप लगाउँदै आएका छन् । स्थानीय निर्वाचनमा काँग्रेसका आधिकारिक उम्मेदवार ज्ञानप्रकाश मिश्र पराजित भएका थिए भने गयाप्रसाद बरै विजयी भएका हुन् । स्थानीय तहको निर्वाचनमा देखिएका असन्तुष्टिहरुलाई समेत काँग्रेस नेता मिश्रले आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यस्तो छ उनको विज्ञप्ति

नेपाली कांग्रेसले नेपालमा सबै आन्दोलनको नेतृत्व गर्दै लोकतन्त्र स्थापना गरायो । यस मानेमा सर्वसाधारणको बुझाईमा नेपाली कांग्रेसका नेता, कार्यकर्ता र अगुवाहरुले लोकतान्त्रिक पद्धतीको अभ्यास गर्छन होला भन्ने विश्वास रहेको छ । तर शायद अब लोकतन्त्र र लोकतान्त्रिक शब्द ने.का. को नारामा मात्र सिमित हुन गएको छ ।जसले भर्खरै सम्पन्न स्थानिय निर्वाचनमा खुल्लम खुल्ला विद्रोही उम्मेदवारको पक्षमा प्रचार गरे र भोट मागे । जसले पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन आफ्नो पूरा शक्ति प्रयोग गरे अहिले आएर उनै राजनैतिक दलाल एव भ्रष्टहरुलाई रुपन्देही ने का ४ ले २०७९/०५/१५ मा उम्मेदवार – सिफारीस गरेको छ। म स्वयं पनि आफ्नो उम्मेदवारीको आवेदन ने. का. पार्टी द्वारा जारी मापदण्ड अनुसार क्षेत्रीय सभापतीलाई बुझाएको थिए तर त्यसलाई फालीयो र एकलौटी नामहरु सिफारीस गरियो । माने नाम सिफारीस हुदैमा मैले नै उम्मेदवारीको लागि मनोन्यन पत्र पार्टी बाट पाउंथे । शायद यो ती कमजोर मानसिक अवस्थाकी व्यक्तिहरुको डर थियो । यसको नाम पठाए हामी बाहिरिन्छौं भन्नेयस किसिमको व्यवहार रुपन्देही ने का–४ ले पहिला पनि गरेकै हो । तर म स्वयंले यसको प्रतिकार गर्दै एकजना युवा उम्मेदवारलाई पार्टी टिकट दिलाउन सफल भएको थिए । पुनः उही प्रकृतिको व्यवहार २०७९/०५/१५ मा हिजो यस भ्रष्ट, कमजोर, लोभी र अति नै निम्न स्तरीय प्रकृतीको सिफारीसको घोर निन्दा गर्दैछु । -

जय नेपाल ने. का. महादिवेशन प्रतिनिधी रुपन्दही–४

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।